गरुडाका मूर्तिकार राज सरस्वती माताको प्रतिमा बनाउनमा व्यस्त

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० माघ २२, सोमबार (२ साल अघि)
  • ५ पटक पढिएको
गरुडाका मूर्तिकार राज सरस्वती माताको प्रतिमा बनाउनमा व्यस्त

पवन कुमार उपाध्याय
माघ २३, रौतहट

विद्याकी देवी सरस्वती पूजाको लागि रौतहटका मूर्तिकारहरू सरस्वती माताको मूर्ति बनाउन व्यस्त भएका छन् ।रौतहटको गरुडा नगरपालिका–४ मूर्तिकार आन्नद राजले विगत १६ वर्षदेखि मूर्ति बनाउने काम गर्दै आएका छन् । ‘सिजन अनुसार आफ्नो जिल्ला लगायत भारत सम्म गएर मूर्ति बनाउँछु’, मूर्तिकार राजले भने । कक्षा ६ मा पढ्दै गर्दा बुबाले मूर्ति बनाउने काम पहिला देखिनै गरेको र मलाई पनि रुची जागेपछि मात्र ७ कक्षासम्म पढेर यसैलाई मुख्य पेसा बनाएका राजले यसैबाट परिवार पाल्दै आएको बताए ।

सरस्वती पूजाको लागि ५ हजारदेखि २५ हजारसम्मको मूर्ति बनाएर बिक्री वितरण गरेको मूर्तिकार राजले जानकारी दिए । सिजन अनुसार काम हुने राजले सुनाए । सिजनमा सरस्वती पूजा, गणेश पूजा, दुर्गा पूजा, विश्वकर्मा पूजा र कृष्ण जन्माष्टमीको समयमा मूर्तिको माग हुने गरेको उनले बताए । यस्तै महायज्ञहरूमा विभिन्न किसिमका मूर्ति बनाउन महायज्ञमा बोलाउने गरेको र भारत सम्म गएर मूर्ति बनाउने काम गर्ने गरेको उनले बताए । प्रत्येक वर्ष सरस्वती माताको २० देखी ३० वटा मूर्ति बेचेर पचास हजार देखी लाख रुपैंयाभन्दा बढी आम्दानी गर्ने गरेको राजले सुनाए ।


सरस्वती माताको मूर्ति एक्लैले बनाउन नसकिने भएकाले आफूलाई सघाउनका लागि बुबा र म मिलेर काम गर्दै छु उनले बताए । सरस्वतीको मूर्ति बनाउनको लागि माटो, काठ, रंग, कपडा तथा परालको प्रयोगबाट बनाइने मूर्ति पूर्णरूपमा सुक्न र निर्माण सम्पन्न हुन ५ देखि १० दिनसम्म लाग्ने गर्दछ ।रौतहटमा स्थानीय सरकारले सीपको जगेर्ना एवं संरक्षण गर्नुपर्ने देखिएको छ । सरकारी निकायले युवाहरूलाई मूर्तिकार लगायत अन्य पेसाको तालिम दिएर रोजगारीमूलक बनाएमा युवाहरू विदेश जानबाट रोकिन्थ्यो । युवाहरूले यही रोजगारी गरे आफ्नो जीविकोपार्जन गर्न सजिलो हुने
राजले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस