बारामा ५५ वर्षीय महिलामाथि बलात्कारको प्रयास एक जना पक्राउ 

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० माघ २३, मंगलबार (२ साल अघि)
  • २ पटक पढिएको
बारामा ५५ वर्षीय महिलामाथि बलात्कारको प्रयास एक जना पक्राउ 

बारा, २३ माघ I बारामा ५५ वर्षीय एक महिलामाथि कुटपिट गरी बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका – १८ कुस्माडीका प्रताप भनिने २३ वर्षीय नरेश चौधरीलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो ।

पक्राउ परेका चौधरीलाई इलाका प्रहरी कार्यालय सिमराको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चौधरीले ५५ वर्षीय महिलालाई बाटो ढुकी जबरजस्ती मकैवारिमा लगी कुटपिट गरी बलात्कारको प्रयास गरेको आरोप छ । पतिकाका लागि टिफिनमा खाना लिएर जाँदै गरेका बेला ती महिलालाई चौधरीले सडकको एकान्तमा रोकी कुटपिट गरी जबरजस्तीको प्रयास गरेको बताइएको छ ।

घर जाँदै गरेका पीडितका देवर पर्ने आफन्तले बाटो नजिकै मकैवारिमा महिला चिच्याएको आवाज सुनेर होहल्ला गरेपछि पिडक चौधरी भागेका थिए ।

कुटपिटबाट घाइते महिलालाई उपचारका लागि प्रादेशिक अस्पताल कलैयामा पठाइएको र घटना बारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस