दश किलो गाजा, एक महिला सहित तिन जना रौतहट प्रहरीद्वारा पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० माघ २४, बुधबार (२ साल अघि)
  • ३ पटक पढिएको
दश किलो गाजा, एक महिला सहित तिन जना रौतहट प्रहरीद्वारा पक्राउ

वर्तमानकाल सम्वाददाता
माघ २३, रौतहट
रौतहट प्रहरीले देवाही गोनाही नगरपालिकाबाट लागुऔषध गाँजा, एक महिला सहित तिनजनालाई पक्राउ गरिएका छन् ।जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार, विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय देवाहीबाट खटिएको प्रहरी टोलीले देवाही गोनाही नगरपालिका वडा नम्वर ८ स्थित गोनाही बजारमा रहेको संग्रहालय नजिक सडकमा पैदल यात्रु तथा सवारी साधन चेकजाँच गर्ने क्रममा जयनगर देखि गोनाही बजार तर्फ जाँदै गरेको प्रदेश ०३–००१ ह २५२४ नम्वरको डाँफेलाई चेकजाँच गर्दा १० किलो ३०० ग्राम लागु औषध गाँजा सहित तिन जनालाई नियन्त्रणमा लिएका हुन् ।


सवारी चालक सर्लाही जिल्ला बागमती नपा वडा नम्वर १२ बथानेका २२ बर्षिय राजन मोक्तान, २३ बर्षिय सुजन मोक्ता र २९ बर्षिया असली माया बललाई लागु औषध गाँजा सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रवक्ता एवं डिएसपी एलिजा गिरीले जानकारी दिइन् ।पक्राउ परेका तिनै जनालाई हिरासतमा राखि बताउदै डिएसपी गिरीले तिनीहरु संग आवश्यक अनुसन्धन भईरहेको तथा लागुऔषध ओसार पसार कसुर तर्फ मुद्दा चलाइने जानकारी दिइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस