कालिगण्डकीको शिला शिव भगवानको मुर्ती बनाउन रौतहट ल्याइदै

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० माघ २७, शनिबार (२ साल अघि)
  • २ पटक पढिएको
कालिगण्डकीको शिला शिव भगवानको मुर्ती बनाउन रौतहट ल्याइदै

रमेश कुमार यादब
माघ २७, रौतहट
शालिग्राम शिला पाइने विश्वकै एक मात्र नदी कालीगण्डकी नदी किनारबाट रौतहट जिल्लाको गडीमाई नगरपालिका(७ धर्मपुरमा निर्माण गर्न लागिएको शिव भगवानको मुर्ति बनाउने शिला आईपुगेको छ । सो शिला लाई गढिमाई नगरपालिका वडानम्बर ४ मा सुरक्षित साथ राखिएको छ । रौतहटको गढीमाई नगरपालिकाले यहि माघ भगवान शिबको मुर्ती बनाउन शिला पठाई सहयोग गर्न गत २१ गते पर्वतको जलजला गाउँपालिका लाई पत्राचार गरेपछि सो शिला बिहीबार आईपुगेको हो ।

म्याग्दी र कालिगण्डकी नदीको संगमस्थल नजिक पर्वतको जलजला गाउँपालिका(३ पर्वत बेनी स्थित कालिगण्डकीबाट सो शीला ल्याइएको हो । हिन्दुहरुको धार्मिक स्थल गरिबनाथ शिवमन्दिरमा निर्माण गरिने गरिबनाथ शिव महादेवको मुर्ति बनाउन पुजाआजा
गरी बुधबार पर्वतको बेनी स्थीत जुगेधारा भएर बग्ने कालिगण्डकी नदी किनारमा ८ देखि १० टन तौल भएको उक्त शिलाको पहिचान गरी पठाइएको हो ।मन्दिर निर्माण समितिका पदाधिकारीहरु र कालीगण्डकी नदीका अध्येता कुलराज चालिसे सहितको टोलीले शिलाको पहिचान गरी पठाएको जनाइएको छ ।

मुस्ताङको दामोदर कुण्डबाट उत्पत्ति भएर प्रशिद्ध धार्मिक स्थल गलेश्वर हुँदै बग्ने कालिगण्डकी नदीको शिला प्रयोग गरेर शिव महादेवको मर्तिले धार्मिक आस्था जगाउने बिश्वास गरिएको छ । यस बाट धार्मिक पर्यटनको प्रर्वधन हुने र कालिगण्डकी नदीको थप प्रचारप्रसार समेत हुने जनाइएको छ । कालिगण्डकीबाट लगिने शिलालाई उत्सवको रुपमा गडीमाई नगरपालिकाले लिएको नगरप्रमुख श्याम यादबले बताउनु भयो ।

यस अगाडी म्याग्दीको गलेश्वर क्षेत्रबाट १८ र १६ मेटिूकटन तौल भएका, सात फिट लम्बाइ, पाँच फिट चौडाइ र तीन दशमलव पाँच फिट मोटाइका क्वाजराईट र क्याल साइट नाम गरेको शिलालाई भारतको हिन्दुहरूको प्रशिद्ध धार्मिकस्थल अयोध्यामा निर्माणाधिन श्रीराम जन्मभूमि मन्दिरमा पुरयाएको थियो । कालिगण्डकी नदीमा कालो र सेतो शिला प्रसस्तै पाइन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस