गौर नपाका मेयर साहको हत्या गर्न भारतीय सुटर पाण्डेलाई कसले दियो सुपारी अहिलेसम्म रहस्यमय

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० फागुन ३, बिहिबार (२ साल अघि)
  • २ पटक पढिएको
गौर नपाका मेयर साहको हत्या गर्न भारतीय सुटर पाण्डेलाई कसले दियो सुपारी अहिलेसम्म रहस्यमय

वर्तमानकाल सम्वाददाता
फाल्गुन ०३, रौतहट

भारतीय सुटरलाई नेपाल प्रहरीले पक्राउ गरेर अनुसन्धान गर्दा गौर नगरपालिकाको बहालवाला मेयरको हत्या गर्न सुपारी लिएको रहस्य बाहिरिएको छ ।बाराको कलैया स्थित बाल एकता बोडिंग स्कूलका संचालक रुपेश सर्राफको हत्यामा संलग्न रहेका भारतीय सुटर सुजित सिंहलाई नेपाल प्रहरीले खुटामा गोली हानेर नियन्त्रणमा लिई अनुसन्धान गर्दै जाँदा गौर नगरपालिकाको बहालवाला मेयर शम्भु साहलाई हत्या गर्न सुपारी लिएको खुल्न आएको हो । नेपाल प्रहरीको अथक प्रयासको कारण भारतीय सुटर सिंहलाई पक्राउ गर्न सफल भएपनि बास्तविक्ता खुलाउने क्रममा सुटरले भने गौर नगरको मेयर साहका हत्या गर्न कुख्यात भारतीइ सुटर चञ्चल पाण्डेले सुपारी लिएको बताएका थिए । सोही कुरा केही दिन अघि एक समाचारको माध्यमबाट मेयर साहको हत्या गर्ने योजना बाहिरिएको थियो ।
कुख्यात सुटर पाण्डेलाई नेपाल प्रहरीको सहयोगमा भारतीय प्रहरीले पक्राउ गरेको छ । बोर्डिङ सञ्चालक रुपेशको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मनोज गुप्ता, अरुण यादव तथा सुजित सिंह पक्राउ परेको र यसको योजनाकार चञ्चल पाण्डे देखिएपछि प्रहरीले सर्वाधिक खोजी थालेको थियो । प्रहरी स्रोतका अनुसार भारतीय कुख्यात अपराधी पाण्डेले मेयर साहको हत्या गर्न ३६ लाखमा डिल फाइनल गरेर १८ लाख रुपैयाँ लिइसकेको पक्राउ परेका सुटर सिंहले बताएका थिए ।


स्रोतका अनुसार नेपाल प्रहरीको सहयोगमा भारतीय प्रहरीले भारतको पश्चिम बंगालको कृष्ण नगरमा लुकिछिपी बसेको अवस्थामा कुख्यात अपराधी पाण्डे, मनिष सिंह र अर्का एक जनालाई गत पुस १० गते पक्राउ गरेको थियो । उनीहरूलाई ल्याउने क्रममा मुख्य आरोपी पाण्डे रेलबाट हामफालेर भागेका थिए । मनिष सिंहमाथि भारतमै १३ वटा हत्या मुद्दा दर्ता रहेकाले उनी भारतीय प्रहरीको नियन्त्रणमा रहेका छन् । मुख्य आरोपी चञ्चल पाण्डेलाई भारतीय प्रहरीले गत माघ २८ गते भारत मध्यप्रदेशको उज्जैनबाट पक्राउ गरेको बुझिएको छ । हाल उनी भारतीय प्रहरीको नियन्त्रणमा रहेको तथा नेपाल ल्याउने प्रयास भइरहेको प्रहरी स्रोतले जनाए ।

पाण्डे नेपाल प्रहरीको नियन्त्रणमा आएपछि मात्र गौरका मेयर शम्भु साहको हत्या गराउन कसले ३६ लाख रुपैयाँ दिने सम्झौता
गरेको थियो खुलासा हुने प्रहरीले बताए ।यसैबिच भारत मोतीहारी जिल्लाका एसपी कान्तेस मिश्राले कुख्यात अपराधी चञ्चल पाण्डे प्रहरीको हिरासतमा रहेको पुष्टि गरेका छन् । पाण्डेलाई पक्राउ गरी नियन्त्रण मा लिएर प्रारम्भिक अनुसन्धान सुरु गरिएका छन् ।
गौर नगरपालिकाको विकास निर्माणमा अहोरात्र खटिरहेका मेयर साहलाई कहाँको र कस्ले हत्या गर्न कुख्यात भारतीय सुटर पाण्डेलाई सुपारी दिएको सम्बन्धमा अहिले सम्म सुइको बाहिरिएको छैनन् । तैपनि समग्र रुपमा गौरको विकास गराउने अभियानमा बाधक कुन तत्व रैइछ सोको पहिचान चाँडै गरेर कानुनी कठघेरामा उभ्याई समाजबाट बहिष्कृत गर्नुपर्ने आम धारणा रौतहटबासीको रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस