फतुवा बिजयपुर नगरपालिकाको सातौं नगरसभा निर्धारित समयभन्दा सात महिना ढिलो गरि सम्पन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० फागुन ४, शुक्रबार (२ साल अघि)
  • ३ पटक पढिएको
फतुवा बिजयपुर नगरपालिकाको सातौं नगरसभा निर्धारित समयभन्दा सात महिना ढिलो गरि सम्पन

रमेश कुमार यादब
फाल्गुन ०४,रौतहट
निर्धारित समय भन्दा सात महिना ढिलो गरी रौतहटको फतुवा विजयपुर नगरपालिकाको सातौं नगर सभा बिहिबार सम्पन्न भएको छ ।सरकारको नियम अनुसार प्रत्येक स्थानीय तहले असाढ मसान्त भित्रमा नगर सभा गरी अगामी आर्थिक वर्षको बजेट , निति तथा कार्यक्रम ल्याई सक्नु पर्ने प्रवधान छ । तर जनप्रतिनिधि बीचको आन्तरिक द्वन्द र वाद विवादको कारण असाढ़मा हुनु पर्ने नगर सभा सात महिना ढिलो गरी विहिवार सम्पन्न भएको हो ।
नगरपालिकाको कार्यालय परिशरमा कार्यवाहक नगर प्रमुख अमब्या खातुनको अध्यक्षतामा फतुवा विजयपुरको सातौं नगर सभा अधिवेशन सभ्य भव्य एवं उत्साह जनक सहभागितामा सम्पन्न भएको हो । नगरपालिकाले सातौं नगर सभाद्वारा यस चालु आर्थिक वर्ष २०८०÷ ८१ का लागि ४८ करोड ५ लाख ८८ हजार दुई सय रूपैया बजेट सार्वजनिक गरेको छ ।

नेपाल सरकारको संघीय बजेटबाट समानीकरण अनुदान, सशर्त अनुदान (चालु), सशर्त अनुदान (पूँजिगत), गरि जम्मा रु. ३२ करोड ४१ लाख १२ हजार विनियोजन गरिएको छ । त्यस्तै संघीय राजस्व बाँडफाँडबाट रु ९ करोड ८२ लाख १४ हजार २ सय, मालपोत शिफारीस दस्तुर रु. ३० लाख, मालपोत जग्गा रजिष्टूेशन बाँडफाँड वापत प्राप्त हुने रू. १ करोड २० लाख, प्रदेश सरकारबाट प्राप्त हुने सवारी साधन कर रु. २५ लाख र प्रदेश समानीकरण अनुदान रु. ८० लाख ६२ हजार, प्रदेश समपुरक अनुदान रु. २० लाख, प्रदेश विशेष अनुदान रु. ३० लाख, प्रदेश सशर्त (पूँजिगत) रू. ८० लाख, आन्तरिक श्रोत रु. १ करोड ५० लाख र सडक बोर्ड बाट प्राप्त हुने अनुदान रू. ४७ लाख रहेको छ ।

नगरसभा कार्यक्रमा कार्यवाहक मेयर खातुन , वडा १० का अध्यक्ष मंजय चौधरीले शुभकामना मन्तब्य राखेका थिए भने प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रधानले स्वागत मन्तब्य पनि राखेका थिए । कार्यक्रममा कार्यवाहक मेयर खातुनको तर्फबाट प्रमुख प्रशासकिय अधिकृतले बिकाश सम्बनधी कार्य बिबरण प्रस्तुत गरेका थिए । नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले नगरको समग्र विकासका लागि उक्त बजेट प्रस्तुत गरेका थिए ।

अधिकृत प्रधानले यस चालु आर्थिक वर्ष २०८०÷ ८१ को निति तथा कार्यक्रम तथा बजेट तर्जुमा गर्ने प्रक्रिया प्रत्यक्ष तथा परोक्ष रुपमा सबैलाई सहयोग पुर्याउने बिश्वासका साथ प्रस्तुत गरेका बताउनु भएको थिए । यस नगर सभाले अफ्ना निति तथा कार्यक्रममा शिक्षा , स्वास्थ्य , भौतिकपूर्वधार , कृषी र खानेपानी लगाएका क्षेत्रलाई विशेष प्रथमिकता दिएको छ ।

रौतहटमा रहेको १८ वटा स्थानीय तह मध्ये अहिले सम्म १७ वटा पालिकाले नीति , कार्यक्रम तथा बजेट ल्याई सकेको अवस्थामा जनप्रतिनिधि वीच कुरा न मिल्दा फतुवा विजयपुर नगरपालिकाको नगर सभामा ढिलाई हुदै आएको थियो । तर निकै लामो समयको प्रयास पछि जनप्रतिनिधि वीच कुरा मिले पछि फतुवा विजयपुरको सातौं नगर सभा बहुमतले पारित भएको हो । उक्त कार्यक्रममा पालिकाको एघार वटै वडाकावडाध्यक्ष सहित कार्यपालिकाको सदस्य सुरक्षाकर्मि बहुमत सदस्यको उपस्तिति रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस