लुगामा आइरन गर्दा करेन्ट लागेर रौतहटमा एक युवकको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८० फागुन ४, शुक्रबार (२ साल अघि)
  • ३ पटक पढिएको
लुगामा आइरन गर्दा करेन्ट लागेर रौतहटमा एक युवकको मृत्यु

वर्तमानकाल सम्वाददाता
फाल्गुन ०४, रौतहट
रौतहट जिल्लाको पूर्वीभेग राजदेवी नगरपालिकामा ससुराली जानको लागि कपडामा आइरन गर्ने क्रममा विद्युतको करेन्ट लागेर एकजना युवकको मृत्यु भएको छ। राजदेवी ७ मुडवालबा गाउँमा ससुराली जानको लागि तयारी स्वरुप आफ्नै कपडामा आइरन लगाउने क्रममा तारबाट विद्युत् चुहेर स्थानीय २५ वर्षीय तेजा ठाकुर लोहार करेन्ट लागेर अचेत भएका थिए।

लगत्तै उपचारको लागि प्रादेशिक अस्पताल गौरमा लैजाँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताइन् । बुबा आमाको एकमात्र छोरा रहेका ठाकुरको निधनले सिङ्गो गाउँ नै शोकमग्न भएको छ। मृतकको शव पोस्टमार्टम भएर बुधवार साँझ परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

ठाकुरको नौ महिनाअघि मात्र विवाह भएको थियो। यस्ता घटना सधैं कुनै न कुनै ठाउँमा भईरहेको देखिन्छ । तर त्यस्ता घटना अहिले सम्म नियन्त्रण नआएको बुढापाकाहरुले बताउने गरेका छन ।त्यसैले बिधुतिय समाग्रीको प्रयोग गर्दा सावधानी अपनाउनु आवश्यक रहेको बताउनु छ ।

ताजा अपडेट

खोजी गर्नुहोस