नक्कली सवारी लाइसेन्स प्रकरण : जनकपुर यातायात कार्यालयका एक अधिकृतसहित पाँच जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ अषाढ ४, मंगलबार (१ साल अघि)
  • २ पटक पढिएको
नक्कली सवारी लाइसेन्स प्रकरण : जनकपुर यातायात कार्यालयका एक अधिकृतसहित पाँच जना पक्राउ

जनकपुर,०४ असार। यातायात व्यवस्था विभाग अन्तर्गतको जनकपुर यातायात कार्यालयका एक अधिकृतसहित पाँच जनालाई पक्राउ गरिएको छ । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले नक्कली सवारी लाइसेन्स प्रकरणमा पाँच जना उपसचिवलाई पक्राउ गरेको हो ।

नक्कली लाइसेन्स वितरण कार्यमा संलग्न अभियोगमा सिआइबीको टोलीले आइतबार जनकपुर यातायात कार्यालयका दिलिप कुमार साह, लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयका शाखा अधिकृत सुवास पौडेल, यातायात व्यवस्था कार्यालय नवलपरासीका पदमराज आचार्य, चितवनका राजेश लम्साल र वन मन्त्रालयका उपसचिव केशव अर्याल पक्राउ परेका छन् ।

उनीहरुलाई नक्कली लाईसेन्स प्रकरणमा पक्राउ गरिएको सिआईबीले जनाएको छ । 

ताजा अपडेट

खोजी गर्नुहोस