एसईईको नतिजा आजै सार्वजनिक गरिने ,तत्कालै यी माध्यमबाट थाहा पाउनुहोस् नतिजा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ अषाढ १३, बिहिबार (१ साल अघि)
  • ३ पटक पढिएको
एसईईको नतिजा आजै सार्वजनिक गरिने ,तत्कालै यी माध्यमबाट थाहा पाउनुहोस् नतिजा

रौतहट,१३ असार। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक हुने भएको छ । हिजो बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले बिहीवार बिहान ११ बजेसम्म नतिजा प्रकाशन गर्ने निर्णय गरेको हो । परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यस वर्ष एसइईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक गरी सार्वजनिक गरिने बताएका छन् ।

यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अंकको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अंक ल्याउनै पर्ने छ । त्यति अंक नल्याउनेलाई ननग्रेड एनजी उल्लेख गरिने उनको भनाइ छ ।

गत चैत १५ गतेदेखि शुरू भएको एसएईईमा नियमिततर्फ ४ लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी छन् ।

नतिजा हेर्नका लागि विभिन्न माध्यमको व्यवस्था गरिएको छ । वेबसाइट, एसएमएस र आइभीआरबाट नतिजा हेर्न सकिने बोर्डले जनाएको छ । बोर्डले तत्कालै रिजल्ट थाह पाउन निम्न अनुसार व्यवस्था गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस