देवरले गरे कोदालो प्रहार गरी भाउजुको हत्या

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ अषाढ १३, बिहिबार (१ साल अघि)
  • २ पटक पढिएको
देवरले गरे कोदालो प्रहार गरी भाउजुको हत्या

रौतहट,१३ असार। औरही नगरपालिकामा देवरले कोदालो प्रहार गरी भाउजुको हत्या गरिएको छ । घर बनाउने विषयमा विवाद हुँदा देवरले भाउजुलाई कोदालोले प्रहार गरेका थिए । कोदालो प्रहारबाट गम्भिर घाइते भएकी भाउजुको मृत्यु भएको प्रहरीले जनाएको छ।

औरही नगरपालिका– ४ कबिलासा निवासी अन्दाजी ४५ वर्षीय रामरतन यादवले ५० वर्षिया भाउजु रितादेवी यादवको टाउकोमा कोदालोले हिर्काउँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सन्तुलालप्रसाद जयसवारले बताए।

कोदालोले हिकाउँर्दा गम्भीर घाइते भएकी रितादेवी यादवलाई उपचारको लागि रामगोपालपुर नगरपालिका– ९ स्थित जानकी एकेडेमिक अस्पताल लगिएको थियो। तर अस्पाल पुगेपछि चिकित्सकले मृत्यु घोषणा गरे ।

हाल शव सोहि अस्पतालमा रहेको र पोष्टमार्टमको लागि जलेश्वर ल्याउने तयारी भइरहेको प्रहरी प्रवक्ता डिएसपी जयसवारले बताए । कोदालो प्रहार गर्ने देवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक रितादेवीका श्रीमानको पहिले नै मृत्यु भैसकेको छ। उनि दुई छोरासंगै बस्दै आएकी थिइन् ।

ताजा अपडेट

खोजी गर्नुहोस