बाँदर नियन्त्रणको माग गर्दै किसानद्वारा गरुडामा प्रदर्शन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ अषाढ १९, बुधबार (१ साल अघि)
  • २ पटक पढिएको
बाँदर नियन्त्रणको माग गर्दै किसानद्वारा गरुडामा प्रदर्शन

रौतहट,१९ असार। खेतबारीमा लगाएको अन्नपात बाँदरले सखाप पारेपछि गरुडा नगरपालिकाका किसानहरु आन्दोलित भएका छन्।

बाँदरले बाली खाइदिने तथा बाली उत्पादन नै हुन नदिने भएपछि नियन्त्रणको माग गर्दै किसानले मंगलवार गरुडा बजारको मूल सडकमा प्रदर्शन गरेका हुन् । 

विगत वर्षदेखि नै बाँदर नियन्त्रणको लागि माग गर्नै आए पनि कुनै पनि गरुडा नगरपालिकाले बेवास्था गरेको उनीहरुको भनाइ छ। वर्षेनि खेतबारीमा लगाएको अन्न्हरु बाँदरले नष्ट पारिदिएपछि किसान चिन्तित भएका हुन्।

बाँदर नियन्त्रणका लागि  किसानहरुले मंगलवार गरुडा नगरपालिकामा ज्ञापनपत्र समेत बुझाएका थिए । स्थानीय युवा नेता दीपक कुमार यादवको नेतृत्वमा भेला भएका किसानहरुले  मेयर कन्थमनी प्रसाद जयसवाललाई ज्ञापनपत्र बुझाएका हुन् ।

बाँदरले खेतबारीमा फल्दै गरेको मकै लगायतका बालीनाली मात्र होइन, मान्छे नभएको मौकामा घरभित्रै पसेर अन्नपात समेत नास गर्ने गरेको किसानले गुनासो गर्दै आएका छन् । 

ताजा अपडेट

खोजी गर्नुहोस