रौतहटमा चट्याङ लागेर एक जना महिलाको मृत्युु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ अषाढ २८, शुक्रबार (१ साल अघि)
  • ३ पटक पढिएको
रौतहटमा चट्याङ लागेर एक जना महिलाको मृत्युु

सागर संगम ठाकुर
असार २७ गते

रौतहटमा चट्याङ लागेर एक जना महिलाको मृत्युु भएको छ । विहिबार दिउँसो करिब १२ बजेको समयमा वर्षा संगै आएको चट्याङले लागेर जिल्लाको मौलापुर नगरपालिका– ८ सोनरनिया निवासी नारायण बैठाको श्रीमती अन्दाजी वर्ष ४० कि धरोहरी देवी बैठाको मृत्युु भएको हो ।

खेतमा धान रोप्ने क्रममा चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता एवम् डीएसपी एलिजा गिरीले जानकारी दिइन् । मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर लागिएको डीएसपी गिरीले बताइन् । हरेक वर्ष मनसुन सुरु भएसँगै नेपालमा चट्याङ लागेर सयौँको मृत्यु हुने गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस