रौतहटमा अरूको खेत हुँदै विद्युतीय तार लगाएका दुई जनामाथि ज्यान मुद्दा दायर

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ श्रावण ३, बिहिबार (१ साल अघि)
  • ३ पटक पढिएको
रौतहटमा अरूको खेत हुँदै विद्युतीय तार लगाएका दुई जनामाथि ज्यान मुद्दा दायर

रौतहट,०३ साउन। जथाभाबी रूपमा अरूको खेत हुँदै  विद्युतीय तार लगाएका दुई जनामाथि ज्यान सम्बन्धी मुद्दा दायर गरिएको छ। स्थानीय देवाही गोनाही नगरपालिका ७ गोनाही टोलका  रामदरेश राय यादव र गुल्टेन राय यादवमाथि इलाका प्रहरी कार्यालय गरुडामा ज्यान सम्बन्धी मुद्दा दायर गरिएको हो।

आरोपीहरूले विद्युत्को पोलबाट जथाभाबी आफ्नो खेतमा लगेको मोटरको तारबाट करेन्ट लागि गत सोमवार दिउँसो देवाही गोनाही ७ का चुनिलाल पासवानको आफ्नै खेतमा काम गरी रहेको अवस्थामा मृत्यु भएको थियो।

पासवानको मृत्यु पछि उनको आफन्तले दिएको लिखित किटानी जाहेरीको आधारमा मंगलवार रामदरेश र गुल्टेन माथि कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता भएको रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताए । 

गत सोमवार पासवानको मृत्यु भएलगत्तै रामदरेश राय यादव , गुल्टेन राय यादव फरार रहेका छन् । उनीहरूको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 

ताजा अपडेट

खोजी गर्नुहोस