वीरगञ्जबाट प्रतिबन्धित लागुऔषधसहित दुई जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ श्रावण १०, बिहिबार (१ साल अघि)
  • २ पटक पढिएको
वीरगञ्जबाट प्रतिबन्धित लागुऔषधसहित दुई जना पक्राउ

रौतहट,१० साउन। पर्सा प्रहरीले प्रतिबन्धित लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ खल्वाटोलस्थित सडकखण्डबाट दुई जना लागुऔषधसहित पक्राउ परेका हुन् ।

सशस्त्र प्रहरी बल नेपाल र जिल्ल प्रहरी कार्यालय पर्सा मातहतको प्रहरी चौकी सिर्सियाबाट खटिएको सयुँक्त चेकिङ् टोलीले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ निवासी २५ वर्षीय सुरज साह कलवार र सोही ठाउँका २० वर्षीय सलमान अन्सारी रहेका छन् ।

उनीहरुले लगाएको जुत्ता र शरीरमा कालो प्लाष्टिकमा लुकाईछिपाई राखिएको अवस्थामा ३८ पत्तामा ५७० ट्याब्लेट नाइट्राभेट बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिए ।

उनकाअनुसार दुवैजनालाई नियन्त्रणमा लिएर लागुऔषध सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको छ । 

ताजा अपडेट

खोजी गर्नुहोस