पर्साबाट १० किलो चरेश सहित २ भारतिय नागरिक पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ श्रावण २३, बुधबार (१ साल अघि)
  • २ पटक पढिएको
पर्साबाट १० किलो चरेश सहित २ भारतिय नागरिक पक्राउ

वीरगंज,२३ साउन। पर्सा प्रहरीले १० किलो प्रतिबन्धित लागु औषध चरेश सहित २ जना भारतिय नागरिक पक्राउ परेको छ ।

पकाउ पर्नेमा भारतको पूर्वी चम्पारण रक्सौल वडा नम्बर १ का ३५ वर्षिय अनवर आलम र मोतिहारी पूर्वी छतौनका २२ वर्षिय ईम्तेयाज आलम रहेका छन् ।

प्रहरीका अनुसार वीरगंज महानगरपालिका वडा नम्बर १६ शंकराचार्य गेट स्थित सडकमा नेपालबाट भारततर्फ संकाष्पदरूपमा पैदल हिंडिरहेका उनीहरुलाई रोकी चेकजाँच गर्दा लुकाईछिपाई राखेको अवस्थामा प्रतिबन्धित लागु औषध चरेश फेला परेको थियो ।

प्रहरीले लागु औषध चरेश सहित निजहरुलाई औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको पर्साका प्रहरी प्रवक्ता एवम डिएसपी दिपक भारतीले बताउनुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस