नेपाल निर्माण उधोग परिषदको जिल्ला अधिवेशन गौरमा सम्पन्न

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ भाद्र १, शनिबार (१ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

संजय सहनी
साउन ३२, रौतहट

पछिल्लो समय रौतहट जिल्ला भरी नेकपा एमालेको प्रभाव बढदै गएको छ । नेकपा एमाले संग आबद्ध रहेको विभिन्न २३ वटा भातृ संगठनहरु प्रती सरोकार राख्नेहरुको आकर्षक समेत बढन थालेको छ । पार्टीका केन्द्रिय सदस्य तथा रौतहट क्षेत्र नम्बर १ का संघीय सांसद प्रत्यासी अजय गुप्ताको सक्रियता पछाडि एमाले संग जोडिनेको संख्या समेत तिब्र गतिमा बढदै गएको छ ।

यसै क्रममा निर्माण ब्यवसायीहरु संग सरोकार राख्ने एमाले पार्टीको भातृ संगठनको रुपमा रहेको नेपाल निर्माण उधोग परिषदको आज रौतहट जिल्ला कमिटी विस्तार भएको छ । पार्टीको कार्यालय गौरमा आयोजित एक भब्य कार्यक्रम बिच परिषदको आज पहिलो जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

पार्टीका केन्द्रिय सदस्य अजय कुमार गुप्ताको प्रमुख आतिथ्यमा आयोजना भएको सो कार्यक्रम बाट ११ सदस्यीय जिल्ला नेतृत्वको समेत चयन भएको छ । निर्माण ब्यवसायी समेत रहेका मो. ज्याउल हक अध्यक्ष रहने गरि ११ सदस्यीय कमिटी तैयार भएको छ । अधिवेशन बाट चयन भएकाहरुलाइ कार्यक्रमका अतिथिहरुले गमछा र माला लगाइ शुभकामना तथा बधाइ समेत दिएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस