रौतहटमा मधेस रेडियो श्रोता संघको १७ सदस्य गठित, अध्यक्ष पदमा साह निर्वाचित

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ भाद्र २१, शुक्रबार (१ साल अघि)
  • ३ पटक पढिएको
रौतहटमा मधेस रेडियो श्रोता संघको १७ सदस्य गठित, अध्यक्ष पदमा साह निर्वाचित

रमेश कुमार यादब
भदौं २०, रौतहट

रौतहट जिल्लाको कटहरिया स्थित विवाह भवनमा रेडियो क्षेत्रमा आवद्ध सक्रिय श्रोताहरूको नयाँ संगठनको रुपमा मधेस रेडियो श्रोता संघ गठन भएको छ । यस संगठनको उद्देश्य रेडियोका श्रोताहरुलाई एकत्रित गरी उनीहरूको हकहितको रक्षा गर्नु तथा रेडियो कार्यक्रमको गुणस्तर सुधारमा योगदान पु¥याउनु रहेको छ ।

उक्त संघ गठन कार्यक्रम अत्यन्तै उत्साहजनक र भव्य रूपमा सम्पन्न भएको थियो । बैठकमा दिपेन्द्र प्रसाद यादवको अध्यक्षतामा १७ सदस्यीय समिति गठन गरिएको छ । यस संघको संरक्षकको भूमिकामा दिपेन्द्र यादव रहनु भएको छ भने संस्थापक अध्यक्षको रुपमा राजेश्वर ठाकुर (बिरेन्द्र) चयन हुनु भएको छ । नव गठित संघको नेतृत्वमा रामबाबु साह अध्यक्ष चयन हुनुभएको छ भने उपाध्यक्षमा सुमिन्त्रा देवी र कोषाध्यक्षमा गोबिन्द ठाकुर सर्वसम्मत रूपमा चयन भएका छन् ।

सचिव पदमा रामसेवक ठाकुर र सह(सचिवमा राजाराम साह रहेका छन् । यस नयाँ समितिमा १७ सदस्यीय टोली चयन गरिएको छ, जसमा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूलाई समेटिएको छ । गठन समारोहका अवसरमा नव निर्वाचित सदस्यहरुलाई विशेष स्वागत कार्यक्रमको आयोजना गरिएको थियो ।

सदस्यहरुलाई फुलमाला र दोसाला ओढाएर सम्मान गरिएको थियो । यस अवसरमा समुदायका विभिन्न प्रतिष्ठित व्यक्तिहरू, श्रोताहरू, तथा रेडियो क्षेत्रका पुराना व्यक्तित्वहरूको उपस्थिति थियो । संगठनको कार्यसमितिमा विभिन्न क्षेत्रका प्रतिनिधिहरूलाई एकत्रित गरिएका थिए जसले रेडियोको क्षेत्रमा योगदान पु¥याउने र श्रोताको आवाजलाई बुलन्द र सशक्त बनाउने कार्य गर्ने छन् ।

नवगठित समितिले भविष्यमा रेडियो श्रोताहरुको आवाजलाई थप प्रभावकारी बनाउने र रेडियो स्टेशनसँग प्रत्यक्ष संवाद बढाउने योजना अघि सारेको छ ।समारोहमा वक्ताहरूले संघको स्थापना मधेस क्षेत्रका श्रोताहरूको हकहितका लागि महत्वपूर्ण कदम भएको बताएका थिए ।.साथै, आगामी दिनमा रेडियो क्षेत्रको विकास, श्रोताहरूको समस्याहरूको समाधान र श्रोताहरूको सहभागिता बढाउन संघले विविध कार्ययोजनाहरू अगाडि बढाउने प्रतिबद्धता जनाएको छ ।

त्यति मात्र नभएर बैठकमा उपस्थित सदस्यहरूले रेडियोको महत्त्व, यसको सामाजिक प्रभाव, तथा श्रोताहरूको भूमिकाका बारेमा छलफल समेत गरेका थिए । साथै, आगामी दिनमा रेडियो श्रोताहरूसँग सम्बन्धित विभिन्न कार्यक्रमहरू रउ जनचेतनामूलक गतिविधिहरू सञ्चालन गर्ने र समाज बालबालिकाहरुको बृद्धिबिकासको लागी झन रमाईलो र मनोभाव बुझने खालको कार्यक्रमहरु ल्याउने भनि निर्णय पनि गरिएको छ ।

यो संघले भविष्यमा मधेस क्षेत्रका श्रोताहरूलाई एकजुट गर्दै रेडियो माध्यमलाई अझ प्रभावकारी बनाउन, जनचेतना फैलाउन र समाजसेवामा योगदान पु¥याउने विश्वास व्यक्त गरिएको छ। संगठनले आफ्नो पहिलो औपचारिक कार्यक्रम चाँडै नै गर्ने योजना बनाएको छ जसमा सदस्यहरूको परिचय, आगामी कार्ययोजना तथा रेडियो श्रोताहरूसँगको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल हुने नव गठित मधेस रेडियो श्रोता संघको अध्यक्ष रामबाबु साहले जानकारी दिएका छन ।

उक्त कार्यक्रममा प्रकाश पुजारी, सोनु बेदरदी, दिपेन्द्र कुमार यादब, शेख बुधाई , अनेश सहनी लगायत बिभिन्न संचारक्षेत्रहरुसंग आबद्ध संचारकर्मिहरुको उपस्थिती रहेको थिया

ताजा अपडेट

खोजी गर्नुहोस