बृन्दावन नगरपालिकाको दुई वटा घाट नाकाको ठेक्का पटा सकार

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ भाद्र २२, शनिबार (१ साल अघि)
  • ३ पटक पढिएको
बृन्दावन नगरपालिकाको दुई वटा घाट नाकाको ठेक्का पटा सकार

रमेश कुमार यादब
भदौं २१, रौतहट

रौतहट जिल्लाको बृन्दावन नगरपालिकामा बागमती नदीको घाटको ठेक्का पट्टा बोलकबोल प्रक्रिया मार्फत सफलतापूर्वक सम्पन्न भएको छ । यो ठेक्का पट्टा बृन्दावन नगरपालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीको रोहवरमा पशुपति निर्माण सेवा, गौर(३, द्वारा बोलकबोल र डाकबडाबड प्रक्रियाको पालना गर्दै प्राप्त गरिएको हो । नगरपालिकाको वार्ड नं. १ स्थित रमौली घाटमा रहेको बागमती नदीबाट नदिजन्य पदार्थहरू आ.व २०८१/०८२ उत्खनन तथा बिक्री बितरण गर्नका लागि यो ठेक्का प्रदान गरिएको छ ।

बोलकबोल प्रक्रिया निष्पक्ष रूपमा सम्पन्न भई, एक करोड साी लाख रुपैयाँको बोलकबोलमा शिव निर्माण सेवा गौर(३ कम्पनीले यो ठेक्का प्राप्त गरेको हो । उक्त ठेक्का सकारको लागी सुमित निर्माण सेवाले १ करोड १५ लाख ५ सय रुपैया, ईष्टदेव निर्माण सेवाले , पशुपति निर्माण सेवा गौर(२ लगायत चार वटा फर्महरुले आवेदन दर्ता गराएका थिए सो मध्ये शिव निर्माण सेवा गौर ३ ले बोलकबोल बडाबढले ठेक्का सकार गरि कार्य गर्ने भएको हो ।

नियमित रूपमा यो प्रक्रिया नगरपालिकाले निर्धारित नियम, कानुन, र शर्तहरूको आधारमा सम्पन्न गरेको हो । यस ठेक्काको म्याद र यस अन्तर्गत पालना गरिनुपर्ने अन्य शर्तहरूबारे पनि स्पष्ट निर्देशिका जारी गरिएको छ । यस ठेक्कामा संलग्न पक्षहरूलाई नदिजन्य पदार्थको उत्खनन गर्दा वातावरणीय सन्तुलन कायम गर्नुपर्ने र सरकारी नियमहरूको पूर्ण पालना गर्नुपर्ने शर्तमा प्रतिबद्ध गराइएको छ ।

यस ठेक्कापछि ठेकेदार कम्पनीले निश्चित क्षेत्रबाट नदिजन्य पदार्थ जस्तै बालुवा, गिट्टी, ढुंगा आदिको उत्खनन र वितरण गर्न पाउनेछ ।ठेक्का प्रक्रिया सम्पन्न भएसँगै बृन्दावन नगरपालिकाले आर्थिक रूपले थप सशक्त हुने अपेक्षा गरिएको छ । यसबाट नदि घाटको व्यवस्थापन सुधारमा पनि उल्लेखनीय योगदान हुने विश्वास गरिएको छ। नगरपालिकाले यस ठेक्काबाट आर्थिक लाभ प्राप्त गर्नुका साथै स्थानिय क्षेत्रमा रोजगारको अवसर सिर्जना हुने अपेक्षा गरेको छ । यस्ता ठेक्काहरुले नगरपालिका विकास र स्रोत साधनको उपयोगमा सहयोग पु¥याउने जनाइएको छ ।

नगर प्रमुख कुर्मीले ठेक्का प्रक्रियाको पारदर्शिता र नगरपालिकाको हितमा रहेको बताए । साथै, ठेकेदारले कानुनी मापदण्ड पालना गर्दै वातावरणीय संरक्षणका नियमहरु पनि पालना गर्नुपर्ने प्रावधानहरुमा विशेष ध्यान दिइएको छ । त्यसतै सोहि पालिकाको भित्र रहेका रमौली बैरिया घाट २ र भोटे टोल घाटको ठेक्का प्रक्रिया पनि सम्पन्न भएको छ । सो ठेक्काको लागि विभिन्न चार वटा फर्महरु जस्तै शिव निर्माण सेवा , सुमित निर्माण सेवा , दुर्गा निर्माण सेवा र श्री राम निर्माण सेवाले प्रतिस्पर्धा गरेका थिए । अन्ततः श्री राम निर्माण सेवा, ईशनाथ ९, रौतहटले बोलकबोल प्रक्रियामा अग्रता हासिल गर्दै ५१ लाख रुपैयामा सो घाटको ठेक्का पाएको हो ।

नगरपालिकाले उक्त घाट नाकाबाट नदिजन्य पदार्थ उत्खनन् तथा बिक्री बितरणका लागि ठेक्का बोलकबोल मार्फत निकासा गरेको थियो । श्री राम निर्माण सेवाले कानूनी प्रक्रिया पुरा गरी निर्धारित मापदण्डहरू अनुरुप नदिजन्य पदार्थ उत्खनन् गर्ने अधिकार प्राप्त गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर भुजेलले जानकारी दिनुहुँदै ठेक्का प्रक्रिया नियममुताबिक पारदर्शी र प्रतिस्पर्धात्मक रहेको बताए ।

नगरप्रमुख बिनोद प्रसाद कुर्मीको रोहबरमा सम्पन्न यो प्रक्रिया नगरपालिकाको आयआर्जनलाई थप सुदृढ बनाउने योजना अन्तर्गतको रहेको हो । नदिजन्य पदार्थको व्यवस्थापन र उत्खननले स्थानीय क्षेत्रमा रोजगार सिर्जना हुनुका साथै नगरपालिका राजस्वमा पनि सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। यस ठेक्काको सम्पूर्ण प्रक्रिया नगरपालिकाका नियम र प्रावधान अनुसार भएको र काम सुरु भएसँगै स्थानीय जनतामा पनि राहत र सहजताको अनुभूति हुने विश्वास नगरपालिकाले लिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस