कटहरियाका मेयर जैसवाल सफाई पाएपछि पुनः कार्यभार सम्हाले ,नगरबासिले दिए बधाई

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ आश्विन ४, शुक्रबार (१ साल अघि)
  • २ पटक पढिएको
कटहरियाका मेयर जैसवाल सफाई पाएपछि पुनः कार्यभार सम्हाले ,नगरबासिले दिए बधाई

रौशन कुमार चौधरी
असोज ०३, रौतहट

कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जैसवालले सफाइ पाएपछि बिहीबारदेखि पुनः आफ्नो कार्यभार सम्हालेका छन् । उनले भ्रष्टाचारको मुद्दामा सफाइ पाएसँगै कार्यभार सम्हाल्दा केही बिपक्षी नेताहरुले जालझेल गरेर आफ्नो कामलाई प्रभाबित पार्न खोजेको आरोप लगाएका छन् ।

प्रमुख जैसवालले भने, “केही व्यक्तिहरुले मलाई फसाउन र नगरपालिकाको काममा अवरोध गर्न अनेक षड्यन्त्र रचेका थिए । तर, न्यायालयले सत्यको पक्षमा निर्णय गरेको छ, म नगरवासीहरूको हितका लागि निरन्तर काम गर्नेछु।“ विशेष अदालतले जैसवालसहित ११ जना प्रतिवादीलाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर गर्ने पर्याप्त प्रमाण नपुगेको भन्दै सफाइ दिएको हो । अदालतले प्रमुख जैसवालसँगै कटहरिया नगरपालिकाका उपप्रमुख लगायत अन्य प्रतिवादीहरूलाई पनि सफाइ दिएको छ।

विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारु, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले यो निर्णय सुनाएको हो । यसअघि, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ साल असार २० गते जैसवालसहित अन्य प्रतिवादीहरू विरुद्ध भ्रष्टाचारको मुद्दा विशेष अदालतमा दायर गरेको थियो । उनीहरूविरुद्ध नगरपालिकामा ठेक्का प्रक्रियामा अनियमितता गरेको आरोप लागेको थियो ।

तर, विशेष अदालतले सुनवाई गर्दै दुवै पक्षका तर्कहरू प्रस्तुत भए पनि ठोस प्रमाण नपुगेको भन्दै अदालतले जैसवाल र अन्य १० जनालाई सफाइ दिएको हो। । नगर प्रमुख जैसवालले सफाइ पाएपछि पत्रकारहरूसँग कुरा गर्दै भने, “मेरो मुख्य उद्देश्य नगरवासीहरूको सेवा र नगरको विकास हो ।

केही बिपक्षीहरुले व्यक्तिगत स्वार्थका लागि फसाउने प्रयास गरे, तर अन्ततः सत्यको जीत भएको छ । म अब नगरको विकास योजनामा अझै प्रभावकारी ढंगले लाग्नेछु।“ यस निर्णयपछि कटहरिया नगरपालिकामा पुनः स्थायित्व आउने आशा गरिएको छ । नगरवासीहरूले प्रमुख जैसवालको पुनः जिम्मेवारी सम्हाल्नुलाई सकारात्मक रुपमा हेरेका छन् ।

अब भने उनले पुनः नगरपालिकाको दैनिक कामकाज सञ्चालन गर्नेछन् । सफाइ पाएको खुसीयालीमा कटहरिया नगरपालिकाका स्थानीय जनताले जैसवाललाई स्वागत गरेका छन्। नगरपालिकाले अब आगामी दिनमा विकास निर्माणका योजनाहरूलाई थप तिव्रता दिने बताइएको छ । साथै ९ औं संबिधान दिवसको अवसरमा सम्पुर्ण सम्पुर्ण नगरबासि, देशबासी, राजनेतिककर्मि, सुरक्षाकर्मि लगायत देशबिदेशमा रहनु भएका सम्पुर्ण नेपाली दाजुभाईमा हार्दिक शुभकामना ब्यतm गर्दछु ।

ताजा अपडेट

खोजी गर्नुहोस