आयातकर्ताले जाँचपास गरेर नलगेपछि सिर्सिया बन्दरगाहमै थन्किए अत्याधुनिक ८० कार

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ आश्विन ५, शनिबार (१ साल अघि)
  • २ पटक पढिएको
आयातकर्ताले जाँचपास गरेर नलगेपछि सिर्सिया बन्दरगाहमै थन्किए अत्याधुनिक ८० कार

वर्तमानकाल सम्वाददाता
असोज ०४ गते ।

आयातकर्ताले जाँचपास गराई नलग्दा वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहको यार्डमा लामो समयदेखि तेस्रो मुलुकबाट आयातित ८० सुविधाजनक कार थन्किएका छन् । तीमध्ये आधा विद्युतीय (ईभी) गाडी हुन् । यसरी थन्किनेमा अधिकांश चीनमा निर्मित कार रहेका छन् । बन्दरगाह संचालक कम्पनी प्रिस्टिन भ्यालीको तथ्यांक अनुसार ८० मध्ये १२ कार ईभी नेपाल मोटर्स र त्यत्ति नै संख्यामा गो अटोमोबाइल्स प्रालिका हुन् । त्यसैगरी ११ कार विजय मोटर्स प्रालि र १० कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिका हुन् । ७ कार सांग्रिला मोटर्स प्रालि, ६ पारामाउन्टस मोटर्स प्रालि, ४ मास्टर जेनरल अफ ओर्डनेन्सले आयात गरेका हुन् ।

त्यसैगरी, ३/३ दीपक गौतम एन्ड कम्पनी प्रालि, जगदम्बा मोटर्स प्रालि, कुजु नेपाल प्रालि, पायोनियर मोटो क्रम प्रालिले आयात गरेका हुन् । २/२ वटा कार किशोर गियर्स प्रालि र साख एण्ड कम्पनी प्रालिले र १/१ कार हिरोइन ट्रेडिङ प्रालि र भिजी इम्पेक्स प्रालिले आयात गरेका हुन् । कुल ८० मध्ये सन् २०१८÷१९ मा आयात गरिएका १, २०२० मा आयात गरिएका १, २०२१ मा आयात गरिएका ५, २०२२ मा आयात गरिएका १२, २०२३ मा आयात गरिएका २९ र २०२४ मा आयात गरिएका ३१ कार छन् । प्रिस्टिन भ्यालीका लेखा एवं सूचना अधिकृत तारा भण्डारी ८० मध्ये अधिकांश कार चीनबाट आयात गरिएको बताउँछन् ।

यी कार आयातकर्ताहरू कार बन्दरगाहको यार्डमा पार्किङ भएदेखि लिन नआएको बताउँछन् । ‘आयात गरेर पनि आयातकर्ताले किन जाँचपास गराई लग्दैनन् भनी हामीले पनि ठ्याक्कै भन्न सक्दैनौं, यो भन्सारको पाटो हो,’ उनले भने, ‘हामीले बन्दरगाहको यार्डमा आयातकर्ताले जाँचपास गराई नलगुन्जेलसम्म सुरक्षित रूपमा राखिदिने मात्र हो ।’हालै वीरगन्ज भन्सार कार्यालयले आयातकर्ताहरूलाई आ–आफ्ना सवारी साधन जाँचपास गराई लग्न भनेको आफूले जानकारी पाएको उनले बताए । प्रिस्टिन भ्यालीले सन् २०२० देखि यो बन्दरगाहको व्यवस्थापनको जिम्मेवारी लिएको र कतिपय कार त्यसअघिदेखि नै बन्दरगाह यार्डमा रहेकाले तिनको जिम्मेवारी पनि लिएको उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस