कन्टेनरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ २३, बिहिबार (८ महिना अघि)
  • २ पटक पढिएको
कन्टेनरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही,२२ जेठ। सर्लाहीको बागमती पुल नजिकै बुधबार राति भएको सवारी दुर्घटनामा एक युवकको ज्यान गएको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बागमती नगरपालिका–११ स्थित सडकखण्डमा कन्टेनरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो।

प्रहरीका अनुसार राति करिब ९:२० बजे प्रदेश ३–०३–०१ ख ००७० नम्बरको कन्टेनरले प्रदेश ३-०२-०१४ प ९८७७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चन्द्रपुर नगरपालिका–१, पौराही टोलका २१ वर्षीय गोपाल योन्जन गम्भीर घाइते भएका थिए।

घटनापछि उनलाई स्थानीय मोडेल अस्पताल लगिएको थियो। त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको थियो। तर, राति ११ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

प्रहरीले कन्टेनर चालक मकवानपुरको भिमफेदी गाउँपालिका- ५ का ३८ वर्षीय ओम बहादुर लो लामालाई नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस