
महोत्तरी,२२ जेठ। सर्पको डसाइका कारण डिभिजन वन कार्यालय महोत्तरीमा कार्यरत एक युवा कर्मचारीको मृत्यु भएको छ। गौशाला नगरपालिका–१०, लक्ष्मिनिया (बटौवा) निवासी १७ वर्षीय रुपेश महतोको बिहीबार बिहान उपचारको क्रममा ज्यान गएको हो।
डिभिजन वन कार्यालय, लक्ष्मिनियामा करार सेवामा कार्यरत महतोलाई गएराति करिब १ बजे सर्पले पेटमा एक पटक र तिघ्रामा दुई पटक गरी तीन पटक डसेको थियो । उनलाई तत्काल बर्दिबास सर्पदंश उपचार केन्द्रमा उपचारका लागि लगिएको थियो ।
त्यहाँबाट थप उपचारका लागि जनसेवा अस्पताल बर्दिबास पुर्याइएको थियो । तर उपचारका क्रममा आज बिहान ५ः१५ बजे उनको मृत्यु भएको हो ।
मृतक महतो डिभिजन वन कार्यालयअन्तर्गत साझेदार वन उपभोक्ता समूह लक्ष्मिनियामा कार्यरत रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । करिब एक वर्षदेखि रुपेश सोही कार्यालयमा भान्सेका रूपमा कार्यरत थिए ।
