“हामी अब वन कटान होइन, वृक्षारोपणको युगमा छौं” : हेमन्त प्रसाद साह

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ २४, शुक्रबार (८ महिना अघि)
  • ३ पटक पढिएको
“हामी अब वन कटान होइन, वृक्षारोपणको युगमा छौं” : हेमन्त प्रसाद साह

रमेश कुमार यादब
जेष्ठ २२, रौतहट

विश्व वातावरण दिवस २०८२ को अवसर पारेर डिभिजन वन कार्यालय रौतहटले चन्द्रपुर नगरपालिका–६ स्थित हातेमालो सामुदायिक वनको डाबरी क्षेत्रमा वृहत वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ । ‘प्लाष्टिकजन्य प्रदूषण न्यूनीकरण ः हाम्रो दायित्व’ भन्ने मूल नाराका साथ आयोजना गरिएको यस कार्यक्रमले हरियाली र वातावरण संरक्षणप्रति समाजको चेतना अभिवृद्धिमा महत्वपूर्ण सन्देश दिएको छ ।

कार्यक्रमको अध्यक्षता हातेमालो सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रामलाल ठोकरले गर्नुभएको थियो भने प्रमुख अतिथिको रुपमा चन्द्रपुर नगरपालिकाका नगर प्रमुख श्री सञ्जय काफ्ले तथा विशिष्ट अतिथिका रुपमा डिभिजन वन कार्यालय रौतहटका प्रमुख श्री हेमन्त प्रसाद साह रहनुभएको थियो । कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका उपाध्यक्ष टिका आचार्यले सञ्चालनको भूमिका निर्वाह गर्नुभएको थियो ।

डिभिजन वन प्रमुख साहको नेतृत्वमा सुरु गरिएको ‘एक घर, एक बिरुवा’ अभियानले समग्र जिल्लाका सबै १८ वटै स्थानीय तहमा नागरिकस्तरमा वृक्षारोपणको संस्कार विकास गर्ने लक्ष्य लिएको छ । साहले कार्यक्रमलाई सम्बोधन गर्दै बताउनुभयो, “अबदेखि घरजग्गा नक्सा पास गर्दा पनि कम्तीमा एक बिरुवा रोपिएको प्रमाण देखाउनुपर्ने नीतिगत व्यवस्था लागू गर्ने सुझाव पनि दिनु भएको थियो , जुन देशमै उदाहरणीय हुनेछ ।”

साहका अनुसार, “रौतहट जिल्लामा वन कटानलाई शून्यमा झारिएको छ। अब हामी वृक्षारोपणको युगमा प्रवेश गरेका छौँ । आगामी केही वर्षमा जिल्लालाई हरित प्रदेशको रूपमा स्थापित गर्ने हाम्रो दृढतारहेको छ ।”सन् १९७३ देखि संयुक्त राष्टूसंघिय वातावरण कार्यक्रमका आव्हानमा हरेक वर्ष ५ जूनमा मनाईने यो ५३ औ दिवसमा विश्वका प्रत्येक देशहरुले पृथ्वीमा भईरहेका प्रदुषण नियन्त्रणलाई कम गराउने उदेश्यले यस दिवसलाई मनाईदै आएको छ ।

उक्तकार्यक्रमको अवसरमा बिहिबार आँप, लिची, अम्बा, अमला लगायतका फलफूल तथा बहुपयोगी प्रजातिका करिब ४०० बिरुवा
रोपिएको छ । साथै, डिभिजन वन कार्यालयले आगामी दिनमा स्थानीयवासीलाई सहज रूपमा बिरुवा प्राप्त गर्न सक्ने व्यवस्था मिलाउँदै निःशुल्क बिरुवा वितरणको सुरुवात समेत गरेको छ ।

नगर प्रमुख सञ्जय काफ्लेले कार्यक्रममा बोल्दै प्रमुख साहको कार्यशैली र पर्यावरणप्रतिको समर्पणको खुलेर प्रशंसा गर्नु भयो । उहाँले भन्नुभयो, “डिभिजन प्रमुख साहज्यूको नेतृत्वमा जिल्लामा हरियाली अभियानले नयाँ गति पाएको छ । उहाँको दूरदर्शी सोचले आगामी पुस्ताका लागि सुरक्षित, स्वच्छ र हरित वातावरण निर्माणको आधार तय गरेको छ ।” नगर प्रमुख काफ्लेले वातावरण जोगाउन सबै पक्षको सहकार्य अपरिहार्य रहेको बताउँदै भन्नुभयो, “हामी सबै मिलेर प्रयास नगरी हरियाली सम्भव छैन ।

यस्तो अभियानलाई निरन्तरता दिन हामी सबैजना प्रतिबद्ध रहनुपर्छ ।”साथै सबैजना मिलेर वन प्रमुख साहलाई हातेमालो गरि
हरियाली जोगाउन र वन कटान नियन्त्रणमा सहयोग साथ दिनु आवश्यक रहेको बताउनु भयो । त्यसतै वहाँले यो पनि थपे कि दिनहु हुने अबैध वन पैदावरको चोरी निकासीलाई रोकि शुन्यमा झार्ने प्रयास गरेको साथै वन फडानी गर्ने कतिपयलाई मुद्धा चलाई कार्यवाहि गरेको कुरा सबैमा सर्बबितित्दै छ । जुन वहाँले कार्य गरिरहनु भएको छ त्यो अति नै सराहनिय कार्य हो र जनताहरुबाट पनि प्रशंसा बटुलिरहनु भएको छ ।

यस वृक्षारोपण कार्यक्रमले रौतहट जिल्लालाई मात्र नभई, देशभरकै लागि एक प्रेरणादायी अभियानको रूपमा उदाहरण प्रस्तुत गरेको छ । वातावरण संरक्षण, प्लास्टिकजन्य प्रदूषण न्यूनीकरण र हरित भविष्यको परिकल्पनामा आधारित यस्ता कार्यक्रमहरू देशभर दोहोरिनु आवश्यक रहेको आवाज पनि कार्यक्रममा उठाइएको थियो ।


कार्यक्रममा स्थानीय जनप्रतिनिधि, हातेमालो सा.व.उ.समूह, ग्रामीण विकास केन्द्र रौतहट, रौतहट बचत तया ऋण सहकारी संस्था, मुनलाईट, बालनिकेतन तथा चन्द्रज्योती बोर्डिंग स्कूलका बिधार्थीहरु ,ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख, सशस्त्र प्रहरी बेस क्याम्पका प्रमुख राजेन्द्र गुरागाई, सामुदायिक वन उपभोक्ता महासंघ रौतहटका अध्यक्ष बेदहरि दाहाल ,पत्रकार, सुरक्षा निकायकाकर्मचारीहरु तथा डिभिजन वन कार्यालयका कर्मचारीहरु समेत गरी ४५० जनाको उपस्थिति रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस