बाजुराको बुढीगंगा नगरपालिकाको बाम्का बजारमा भीषण आगलागी

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ २४, शुक्रबार (८ महिना अघि)
  • २ पटक पढिएको
बाजुराको बुढीगंगा नगरपालिकाको बाम्का बजारमा भीषण आगलागी

काठमाडौं,२३ जेठ। बाजुराको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा लागेको आगलागीले बजार क्षेत्र ध्वस्त भएको छ ।

आगलागीस्थलमै रहेको मेयर बानियाँले त्यहाँको अवस्थाबारे जानकारी गराउँदै अनलाइनखबरसँग भने, ‘निकै ठूलो आगलागी भएको छ । कम्तीमा ४० वटा पसल पूर्ण रुपमा ध्वस्त भएको छ । क्षति यकिन भएको छैन ।’

उनका अनुसार आगलागीबाट कुनै मानवीय क्षति भएको छैन । दमकल पालिकामा उपलब्ध नभएको पनि उनले बताए ।दमकल नभएर डोजर र पानीट्यांकरको सहयोगमा आगलागी नियन्त्रणको प्रयास भइरहेको छ । नियन्त्रण हुन लागेको छ,’ उनले भने ।

बम्का बजारमा रहेको नवदुर्गा होटलमा ग्यास सिलिन्डर पड्किएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय, बाजुराले जानकारी दिएको छ ।प्रहरीका अनुसार दिउँसो ३ बजेर ५५ मिनेटमा आगो लागेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस