बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ २५, शनिबार (८ महिना अघि)
  • २ पटक पढिएको
बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु

दोलखा,२४ जेठ। दोलखाको गौरीशङ्कर गाँउपालिका-४ झ्याकुको बासामाबोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

दोलखाको सिंगटीबाट झ्याकु देपुङ जाँदैगरेको बा १६ च ७६५१ नम्बरको बोलेरो जीप  शुक्रबार बेलुका दुर्घटनामा परी गौरीशङ्कर गाँउपालिका- ४ झ्याकु देपुङका ४५ वर्षीय फुलमाया शेर्पा र ३४ वर्षीय डोल्मा शेर्पाको मृत्यु भएको प्रहरी कार्यालय दोलखाले जनाएको छ।

उकालो कच्ची सडकमा ब्रेक नलाग्दा बोलेरो दुर्घटना भएको प्रहरीको जनाएको  छ। बोलेरो चालक देपुङका स्थानीय निमाटिकु शेर्पा फरार रहेको र उनको खोजी भइरहेको  छ।

ताजा अपडेट

खोजी गर्नुहोस