चन्द्रनिगाहपुर–जयनगर सडक मर्मतमा गुणस्तरहीनता : २० लाखको बजेट खर्च, मापदण्ड विपरीत कार्य

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ २६, आईतबार (८ महिना अघि)
  • २ पटक पढिएको
चन्द्रनिगाहपुर–जयनगर सडक मर्मतमा गुणस्तरहीनता : २० लाखको बजेट खर्च, मापदण्ड विपरीत कार्य

रमेश कुमार यादब
जेष्ठ २४ गते ।

आर्थिक वर्षको अन्त्यतिर आइपुग्दा रौतहटको चन्द्रनिगाहपुरदेखि जयनगरसम्मको सडक खण्डमा मर्मतको नाममा गरिएको कालोपत्रे कार्यको गुणस्तरप्रति गम्भीर प्रश्न उठेका छन् । सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरबाट शिवशक्ति निर्माण सेवाले करिब २० लाख रुपैयाँ बजेटमा खाल्डाखुल्डी मर्मतको जिम्मा पाए पनि कार्य मापदण्ड अनुरूप नभएको पाइएको छ ।सडक डिभिजन कार्यालयका सबइञ्जिनियर सुरेश महतो स्वयं साइटमा रहँदा समेत निर्माण कम्पनीले खाल्डाखुल्डी मर्मतको क्रममा अत्यन्त न्यून मात्रामा अलकत्रा (बिटुमेन) प्रयोग गरेको देखिएको छ ।

महतोका अनुसार, “यो सडक म्एऋ (डिफेक्ट लायबिलिटी पिरियड) मा परेको हो र मर्मतको क्रममा औसत ०.६ वर्ग मिटरमा मात्र अलकत्रा छरिएको छ ।”तर, स्थानीय स्रोतका अनुसार सडकमा मर्मतको नाममा लापरवाहीपूर्वक काम गरिएको छ । केही ठाउँमा सिर्फ धुलोमाथि अलकत्रा छर्किएको देखिन्छ, जुन चाँडै उप्किन सक्ने सम्भावना रहेको छ ।
अनावश्यक मर्मत कार्य, बजेट फ्रिज हुन नदिन दबाब?
स्थानीयवासी र सरोकारवालाहरूको आरोप छ कि आगामी आर्थिक वर्षमा यो सडक चार लेनको रुपमा पुनः निर्माण हुन लागेको अवस्थामा समेत अहिले मर्मतको काम गर्नुको कारण बजेट फ्रिज हुन नदिनको लागि जबरजस्ती खर्च गर्न खोजिएको हो । आवश्यक स्थानमा मात्र होइन, अनावश्यक स्थानहरूमा समेत कालोपत्रे गरिएको देखिएको छ । वर्षेनी मर्मत, तर नतिजा उस्तैयो सडकखण्ड पुर्व(पश्चिम राजमार्गसँग जोडिएको हुनाले यातायातको चाप पनि अत्यधिक हुन्छ ।

तर वर्षेनी मर्मतका नाममा हुने कालोपत्रे कार्य टिकाउ नभएको, केही महिना नपुग्दै खाल्डाखुल्डी दोहोरिने क्रमले जनतालाई सास्ती दिइरहेको छ ।स्थानीयहरू र अधिकारकर्मीहरूले तत्काल निर्माण कम्पनी र सुपरिवेक्षण गर्ने इञ्जिनियरहरूको भूमिकाको छानबिन गर्न माग गरेका छन्।

यस्ता लापरवाह कार्यप्रति जवाफदेही बन्नु पर्ने भन्दै सडक डिभिजन कार्यालयलाई सार्वजनिक स्पष्टीकरण दिनु पर्ने आवाज पनि उठ्न थालेको छ ।यस विषयमा सडक विभागको केन्द्रिय कार्यालय र स्थानीय प्रशासनले चासो लिई आवश्यक कदम चाल्ने हो भने मात्र आगामी दिनमा यस्ता गुणस्तरहीन निर्माण कार्य नियन्त्रणमा आउन सक्छ । नभए वर्षेनी यस्तै नाममा बजेट खर्च, काम कमजोर, जनताको पीडा भने यथावत् रहनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस