मोटरसाइकल दुर्घटनामा परी सशस्त्र प्रहरीका सईको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ २६, आईतबार (८ महिना अघि)
  • २ पटक पढिएको
मोटरसाइकल दुर्घटनामा परी सशस्त्र प्रहरीका सईको मृत्यु

झापा,२५ जेठ। पूर्व -पश्चिम राजमार्गस्थित झापाको कमल गाउँपालिका–३ सानो केर्खामा मोटरसाइकल दुर्घटनामा परी सशस्त्र प्रहरी नायब निरीक्षक (सई) को मृत्यु भएको छ ।

प्र.१–०२–००५२प. ७०२९ नम्बरको मोटरसाइकल शनिबार राति ८ बजे अनियन्त्रित भई दुर्घटना हुँदा पुरनलाल राजवंशीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । सई राजवंशी इलामस्थित सशस्त्र प्रहरी बलको बीओपी समालबुङ पोस्टमा कार्यरत थिए । मोटरसाइकलमा सवार मोरङको कानेपोखरी गाउँपालिका–४ निवासी ४८ वर्षीय पुरनलाल राजवंशी सख्त घाइते छन् ।

घर बिदा सकेर ड्युटी फर्किँदै गर्दा दुर्घटनामा परेका राजवंशीलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्‍याइएको थियो । तर, राति ९ बजे अस्पताल पुर्‍याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

दुर्घटनापछि मृतकको शव अस्पतालमै राखिएको छ भने दुर्घटनामा संलग्न मोटरसाइकल प्रहरी चौकी केर्खाले नियन्त्रणमा लिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस