
कृष्ण तिवारी
रौतहट,२६ जेठ। रौतहट फतुवा बिजयपुर नगरपालिका शिक्षा शाखा प्रमुखको जिम्मेवारी सुबोध यादवले सम्हालेका छन् । शिक्षा संयोजकको रूपमा यादवले सोमवार शिक्षा शाखामा हाजिर भइ कार्यभार सम्हालेका हुन् । यादवलाई फतुवा बिजयपुरको शिक्षकहरुले भव्य स्वागत गरेका थिए ।
नगरपालिका कार्यालयको शिक्षा शाखामा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा नगरपालिकाको शिक्षा शाखा प्रमुखको जिम्मेवारी पाएका यादवलाई कार्यवाहक नगर प्रमुख अम्बेया खातुन शिक्षक र कर्मचारीहरुले टिका, माला र दोसल्ला ओढाएर भव्य स्वागत गरेका थिए ।
स्वागत तथा सम्मान कार्यक्रममा नगर प्रमुख खातुनले शिक्षा संयोजक सुबोध यादवलाई सफल कार्यकालको शुभकामना दिएका थिए । यसअघि पनि सुबोध यादवले ३ वर्ष शिक्षा सह संयोजक भएर कार्यभार सम्हालेका छन ।
शिक्षा प्रमुखको जिम्मेवारी सम्हाल्दै सुबोध यादवले आफू सबै शिक्षक कर्मचारी अन्य सबै पक्षलाई समेटेर मन जित्नेगरी नगरको हितमा काम गरेर देखाउने प्रतिबद्धता जनाए ।
