टोखामा गोली चल्दा दुईजना घाइते 

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ २८, मंगलबार (८ महिना अघि)
  • २ पटक पढिएको
टोखामा गोली चल्दा दुईजना घाइते 

काठमाडौं,२७ जेठ। टोखामा गोली चल्दा दुईजना घाइते भएका छन् । मंगलबार दिउँसो ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध रहेको आशंकामा प्रहरीले एउटा समूहलाई पछ्याउने क्रममा गोली चलेको हो ।

लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिनका निम्ति गोली चलाइएको नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्युरोका प्रमुख एसएसपी कृष्णप्रसाद कोइरालाले बताए । दुईजना घाइते भएको उनले बताए । उनीहरुलाई उपचारका लागि अस्पताल लगिँदैछ । घाइतेको नाम भने खुलेको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस