खुकुरी प्रहार गरी भिनाजुले गरे सालोको हत्या

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ २९, बुधबार (८ महिना अघि)
  • २ पटक पढिएको
खुकुरी प्रहार गरी भिनाजुले गरे सालोको हत्या

जनकपुर,२८ जेठ। रामेछाप नगरपालिका–४ हिमगंगा बोलङ्गबोलङ्गका बिनोद भन्ने सोमवहादुर स्लामी मगरले आफ्नै सालो लवकुमार थापामगरलाई खुकुरी हानी हत्या गरेका छन् । 

मंगलबार  दिउँसो आफ्नै घरमा एक्लै बसिरहेको अवस्थामा सोमबहादुरले साला लवकुमारलाई पुरानो रिसिवीको कारण देखाउँदै खुकुरी र हम्वरले हानेर विभत्स हत्या गरेका हुन् ।

हिजो रामेछाप नगरपालिकाको आयोजनामा सवै वडाहरुलाई बालमैत्री घोषणा कार्यक्रम रहेकाले उक्त कार्यक्रममा लवकुमारकी श्रीमतीलगायत गाउँका सवै मानिसहरु त्यस कार्यक्रममा गएको मौका छोपी घरमा साना नानी हेरिरहेका लवकुमारलाई भिनाजुले खुकुरी हानी हत्या गरेका हुन् ।

सालाको हत्या गरेर भाग्दै गरेका सोमवहादुरलाई सिन्धुली प्रहरीले च्याखुटारवाट प्रक्राउ गरेको छ। घटनाको जानकारी पाएपछि हिजै घटनास्थलमा जिल्ला प्रहरी कार्यालय रामेछापवाट प्रहरी नायव उपरीक्षक भोला कुमार भट्टको नेतृत्वमा घटनास्थल पुगेको थियो । 

प्रहरीको टोलीले घटनास्थलको स्थलगत रिर्पोट तयार गरी मृतकको शव लिएर पोष्र्टमार्टमको लागि बुधबार (आज) विहान सदरमुकाम मन्थली आउँदै गरेको प्रहरी नायव उपरीक्षक भट्टले जानकारी दिए। उनका अनुसार घटना घरायसि पुरानो रिसिविका कारण घटेको देखिएको छ । यस बिषयमा थप अनुसन्धान अघि वढाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस