झापाका तीन स्थानमा तीनजना मृत फेला

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ २९, बुधबार (८ महिना अघि)
  • २ पटक पढिएको
झापाका तीन स्थानमा तीनजना मृत फेला

झापा,२८ जेठ। झापाका तीन स्थानमा तीनजना मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार बुधबार बिहान अर्जुनधारा-४ मदनपुर जलाधर सडक, बिर्तामोड-२ फूलबारी टोल र अर्जुनधारा–११ नयाँबस्तीमा शव भेटिएका हुन् । 

अर्जुनधारा-४ मा भेटिएको शवको परिचय नखुलेको, बिर्तामोड-२ फूलबारी टोलका  ३६ वर्षीय राम टुडू र अर्जुनधारा-११ नयाँबस्तीमा ६० वर्षीय मित्रलाल कामी मृत फेला परेका हुन्। तीनवटै शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ। 

ताजा अपडेट

खोजी गर्नुहोस