पत्रकार पाठकविरुद्ध पक्राउ पुर्जी जारी

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ २९, बुधबार (८ महिना अघि)
  • २ पटक पढिएको
पत्रकार पाठकविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौ,२८ जेठ। पत्रकार दिलभुषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

नेपाल प्रहरीको साइबर ब्युरोले समाचार प्रकाशनको विषयलाई लिएर दिएको उजुरीको आधारमा अदालतबाट उनीविरुद्ध पक्राउ पुर्जी लिएको हो ।

पत्रकार पाठकले केही दिनअघि काठमाडौंको हिलटन होटल र पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाका पुत्र जयवीर देउवाको विषयमा आफ्नो युट्युब च्यानल ‘टफ टक एक्सप्लेनर’ मार्फत सामग्री प्रसारण गरेका थिए । सो सामाग्रीमा चित्त नबुझेको भन्दै साइबर ब्युरोमा उजुरी परेको थियो ।

प्रहरीले पक्राउ पुर्जी लिएलगत्तै पत्रकार पाठकको खोजी गरिरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस