वीरगन्जमा ट्रक र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु, १ जना घाइते

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ ३१, शुक्रबार (८ महिना अघि)
  • २ पटक पढिएको
वीरगन्जमा ट्रक र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु, १ जना घाइते

वीरगन्ज,३० जेठ। पर्साको वीरगन्ज महानगरपालिकामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । महानगरपालिकाको वडा नम्बर–२२ स्थित ड्राईपोर्ट सडकखण्ड अन्तर्गत सिताराम चौकमा भएको सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन् । 

प्रहरीका अनुसार आज बिहान करिब ५ बजेको समयमा बिग्रिएर रोकिराखिएको एचआर ५५ के ३९७१ नम्बरको भारतीय ट्रकको सिरसिया डाईपोर्टतर्फ गइरहेको बागमती प्रदेश ०३–००४ प ८६१२ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो। 

मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका तीनजना युवकहरूमध्ये उपचारका क्रममा आज बिहानै दुई जनाको मृत्यु भएको पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले बताए । 

प्रहरीका मृत्यु हुनेहरूमा पर्सा छिपहरमाई गाउँपालिका–३ झलमैया टोल निवासी रामाकान्त यादव र सोही ठाउँका विजय यादव रहेका छन् । भने गम्भीर घाइते भएका २२ वर्षीय विजय कुमार यादव रहेको प्रहरीले जानकारी दिएको छ । 

उनको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको र हाल उनको अवस्था चिन्ताजनक रहेको जनाइएको जनाइएको छ । दुवै सवारी साधन घटनास्थलमै रहेता पनि ट्रक चालक भने फरार रहेकोले उनको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

ताजा अपडेट

खोजी गर्नुहोस