बाराबाट ३९ लाखको अवैध इलेक्ट्रोनिक सामान बरामद

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ ३२, शनिबार (८ महिना अघि)
  • २ पटक पढिएको
बाराबाट ३९ लाखको अवैध इलेक्ट्रोनिक सामान बरामद

बारा,३१ जेठ। भारतबाट चोरी पैठारी गरी ल्याइँदै गरेका करिब ३९ लाख १२ हजार रुपैयाँ बराबरका मोबाइल सम्बन्धी इलेक्ट्रोनिक सामानहरू सशस्त्र प्रहरीले बाराको सीमा क्षेत्रबाट बरामद गरेको छ।

विश्रामपुर गाउँपालिका–३ स्थित डम्पिङ साइट नजिकै बिहान सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण, बाराको टोलीले भारतबाट साइकलमा ल्याइँदै गरेका एयरपड प्रो र मोबाइल टेम्पर ग्लास जफत गरेको हो।

बरामद सामग्री नेपाल भित्र्याउने क्रममा रहेका व्यक्ति भने प्रहरीलाई देख्नासाथ फरार भएका छन्। हाल ती सामानहरू आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अगाडि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।

स्थानीय बासिन्दाका अनुसार सीमावर्ती क्षेत्रमा यस्ता साना तर महँगा सामानको चोरी पैठारी दिनप्रतिदिन बढ्दै गएको छ। यस्तै कार्यलाई रोक्न सुरक्षा निकायको नियमित गस्ती र सतर्कता आवश्यक देखिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस