माछा मार्ने क्रममा करेन्ट लागेर पति -पत्नीको मृत्य

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ ३२, शनिबार (८ महिना अघि)
  • ४ पटक पढिएको
माछा मार्ने क्रममा करेन्ट लागेर पति -पत्नीको मृत्य

विराटनगर,३१ जेठ। करेन्ट लगाएर माछा मार्ने क्रममा मोरङमा दम्पतीको मृत्यु भएको छ । सुन्दरहरैंचा नगरपालिका-७ का ५८ वर्षीय पूर्णबहादुर लिम्बू र उनकी पत्नी ५२ वर्षीया फूलमाया लिम्बूको मृत्यु भएको हो ।

मोरङ प्रहरीका अनुसार घर नजिकै सुन्दरहरैँचा-७ स्थित मदेली खोलाको पुलमुनि करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो ।

लिम्बूले माछा मार्नलाई बिजुलीको पोलबाट ‘हुक’ गरेर खोलामा करेन्ट प्रवाह गरेका थिए । प्रहरीका अनुसार  करेन्ट लागेर दुवै जनाको बिहान ९ः४० बजेतिर घटनास्थलमै मृत्यु भएको हो । शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस