
भक्तपुर,०१ असार। प्रहरीले भक्तपुरको मध्यपुर थिमी नगरपालिका–७ स्थित राधेराधेबाट लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ घर भएका २६ वर्षीय केवल राई छन् ।
आरोपीको साथबाट ट्रामाडोल १४६ क्याप्सुल बरामद गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले बताए । आरोपीविरुद्ध भक्तपुर जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर प्रहरी वृत्त सानोथिमीले अनुसन्धान गरिरहेको छ ।
