अर्घाखाँचीमा एक महिलाले आफ्नै श्रीमानको हत्या 

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ १, आईतबार (८ महिना अघि)
  • २ पटक पढिएको
अर्घाखाँचीमा एक महिलाले आफ्नै श्रीमानको हत्या 

बुटवल,०१ असार। अर्घाखाँचीमा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छिन् ।जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्बर–३, शिखरकी २७ वर्षीय मेखमाया कुमालले  श्रीमान् ३८ वर्षीय रामु कुमाललाई धारिलो हतियार दाउ प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । 

घटनास्थलबाट हतियारसहित  मेखमाया कुमाललाई  पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  श्रीमान्–श्रीमतीबिच घरायसी विवाद भएपछि दाउले टाउकोमा हानेर हत्या गरेकी जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका  सूचना अधिकारी  प्रहरी निरीक्षक  झनक  प्रसाद शर्माले बताए । उनले घटनाको विस्तृत अनुसन्धान भइरहेको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस