नरैनापुरका पूर्वअध्यक्षसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ १, आईतबार (८ महिना अघि)
  • २ पटक पढिएको
नरैनापुरका पूर्वअध्यक्षसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं,०१ असार। वृद्ध भत्ताको रकम हिनामिना गरेको आरोपमा बाँकेको साविक नरैनापुर गाविसका तत्कालीन अध्यक्ष अजयकुमार श्रीवास्तवसहित १७ जनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

मुद्दामा गाविसका तत्कालीन सचिवहरू सावितराम कुर्मी, अशोककुमार श्रीवास्तव र भत्ता लिने १४ जना लाभग्राहीसमेत प्रतिवादी छन्।

अख्तियारका अनुसार, २०५७/५८ देखि २०७२/७३ सालसम्म उमेर नपुगेका, नागरिकता नभएका, र भारतमा विवाह गरी गएका व्यक्तिहरूको नाममा नक्कली परिचयपत्र बनाएर झुटो विवरण पेश गरी ६ लाख ५६ हजार ७ सय रुपैयाँ वृद्धभत्ता हिनामिना गरिएको पुष्टि भएको छ।

भत्ता लिने मध्ये पाँच जनाको मृत्यु भइसकेकोले उनीहरूको बिगो तत्कालीन सचिव सावितराम कुर्मीमार्फत असुल उपर गर्न माग गरिएको अख्तियारले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस