रौतहटमा प्रहरीको सेटिंङमा हुदै तस्करी

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ २, सोमबार (८ महिना अघि)
  • १  पटक पढिएको
रौतहटमा प्रहरीको सेटिंङमा हुदै तस्करी

रौतहट,०२ असार। रौतहटको भारत संग जोडिएका ३२ किलोमिटर सीमाक्षेत्र भएर यतिखेर सेटिंङको आधारमा संस्थागत रुपमा तस्करी कार्य तिव्र रुपमा फस्टाउदै गएको छ ।

सेटिंङको आधारमा संस्थागत रुपमा तस्करी कार्य तिव्र रुपमा फस्टाउदै गएपनि नियमन गर्ने रक्षकहरु लक्ष्मीकान्तमै मख्ख परेको हो ।

भारत संग जोडिएका रौतहट जिल्लाको दक्षिणी सीमा क्षेत्रको ३२ किलोमिटर मा पर्ने गौर नाका बाहेक पूर्व पश्चिमका सबै नाकाहरुबाट अहिले निर्वाध रुपमा कपडा देखि लिएर स्पेयर पाट्र्स सम्म, सुख्खा देखि लिएर सुर्ती सम्म, खाद्यान्न देखि लिएर मानविय जीवन संग जोडिएका सम्पूर्ण सामानहरुको तस्करी कार्य संचालनमा आएको श्रोतले बताए ।

त्यती मात्रै नभई नेपालबाट भारत तर्फ मदिरा, विदेशी मकैं, कालो मरिच, सुकमेल, कष्मेटिक सामानहरुको जाने गरेको छ । गिटी देखि बालुवा सम्म तथा गाई गोरु देखि लिएर भैंसी राँगा, पाडाहरुको तस्करी ठूलो परिमाणमा भईरहको ति श्रोतले दाबी गरेका छन् ।

अहिले खेति किसानी गर्नेहरुको लागि नेपाल सरकारले विऊविजन, रासायनिक मल तथा किटनाशक औषधीको व्यवस्थापन नगर्दा उक्त सामानहरुको पनि अत्याधिक रुपमा तस्करी कार्य यतिखेर रौतहट जिल्लामा मौलाउदै गएपनि नियमनकारी निकाय बाध्यताबस सेटिङमै रमाउनु परेको छ ।

सीमाक्षेत्रबाट चुहावट हुन नदिन सशस्त्र प्रहरीको लक्ष्मिपुर बेलविछवा, प्रस्तावित गुल्म गौर, औरैया, रामपुरखाप, बंकुलमा विओपीहरु रहेको छ । नेपाल प्रहरीका ब्रम्हपुरी, लक्ष्मिपुर बेलविछवा, गौर, महादेवपटी, बन्जरहा, औरैया, मठिया, लतमरी, जयनगर, बंकुल सहितका विभिन्न स्थानहरुमा युनिटहरु रहदा नियन्त्रण गर्नुको साटो उल्टै सेटिंङ कै आधारमा राजस्व छलेर सामानहरुको तस्करी निर्वाध रुपमा जारी रहेका छन् । जसको प्रभाव भन्सार कार्यालयको राजस्व प्रभावित हुँदै आएका हुन् ।

इशनाथ नगरपालिकाको बन्जरहा, औरैया, मठिया, महुलिया, खाप, परोहा नगरपालिकाको नरकटिया, जयनगर, बौधीमाईको बंकुल, छोटका बंकुल, राजदेवीको लक्ष्मिपुर, बेलविछवा, ब्रम्हपुरी र मुख्य नाका गौर भएर राजस्व छलीका दैनिक उपभोग्यका किराना सामान, कपडा, सुर्ती, स्पेयर पार्टस, कष्मेटिक सामान, चप्पल, जुत्ता, कुखुरा, कुखुराको चल्ला लगायतका विभिन्न सामानहर भारतीय बजारबाट नेपाल भित्रयाई नेपाल सरकारको राजस्व संकलनमा प्रतिकुल असर सीमा क्षेत्रका युनिट इन्चार्जहरुले पुर्याउदै आएका हुन् ।

“सुरक्षा प्रमुखहरु देखावटी रुपमा सेटमा निर्देशन दिदै गरेको देखिएपनि व्यवहारिक रुपमा त्यसो नभई तस्करी गराउनमा सिमित रहेको पाइएको छ ।विओपी बेलविछवा, औरैया, रामपुरखाप र बैकुलका प्रमुख मिलोमतोमा  निर्वाधरुपमा राजस्व छलेर मालसामानहरु भित्रयाउनका लागि तस्करीको लाईन संचालन गर्न इजाजत दिएको श्रोतको दाबी छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखले तस्करी कार्य नियन्त्रणको लागि हरपल हामी सुरक्षाकर्मीहरु परिचालन गरेका छौं, थुप्रै सामानहरु समातेको दाबी गर्दछन् ।

संचारकर्मीहरु संगका भेटमा राजस्व चुहावट हुन दिन्नौं जस्ता भन्नेहरुको नेतृत्वमा तस्करी कार्य अहिले निकै फस्टाउदै गएको पाइएको छ । गौरको मुख्य नाका भएर सर्वसाधारणहरु घरायसी सामानहरु ल्याउदा समातेर बुझाउने गरेको भएपनि गौर बाहेक अन्य नाकाहरुबाट कालो कारोवारीहरुको यतिखेर साम्राज्य नै संचालनमा रहदा सम्बध निकाय मुकदर्शक बनेर बसेको छ जसरी यहाँ केही भएकै छेनन् ।

स्मरणीय छन् की, जिल्लाका सुरक्षा प्रमुखहरु राजस्व बढाउन र तस्करी नियन्त्रणको पाटोमा प्रयास गरिएको नदेखिदा रौतहट सहितका मधेश प्रदेशका जिल्लाहरुमा संस्थागत तस्करीले यतिखेर जरो गाडिसकेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस