अमेरिकामा गोलीबारी हुँदा तीन जनाको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ २, सोमबार (८ महिना अघि)
  • ४ पटक पढिएको
अमेरिकामा गोलीबारी हुँदा तीन जनाको मृत्यु

वासिङटन डीसी,०२ असार। अमेरिकाको युटा राज्यमा भएको गोलीबारीमा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा ४१ वर्षीया महिला र १८ वर्षीय पुरुष र ८ महिनाको बच्चासमेत रहेका समाचारहरूमा जनाइएको छ । 

राज्यको वेस्ट भ्याली सिटीमा आयोजित मेला वेस्टफेस्टका क्रममा गोलीबारी भएको रोयटर्सले जनाएको छ । घटनामा दुई किशोर पनि घाइते भएका छन् । घाइते किशोरहरू १७ र १५ वर्षका छन् । घाइते भएका किशोरहरूको हातमा गोली गालेको छ । घटना आइतबार राति स्थानीय समयअनुसार ९ः२० बजे भएको बताइएको छ ।

वेस्ट भ्याली सिटी प्रहरीका अनुसार राति ९ः२० बजे दुई समूहबिच झगडा भएको थियो । प्रहरी हस्तक्षेप गर्न आइपुग्दा एक किशोरले पेस्तोल निकालेर गोली चलाएका थिए । जवाफमा एक प्रहरीले पनि गोली चलाएका थिए । तर प्रहरीको गोली ती किशोरलाई लागेन । र पछि अभियुक्तलाई हिरासतमा प्रहरीले हिरासतमा लिएको थियो ।

यी किशोरीहरू को हुन् भन्ने प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । घटनाका प्रत्यक्षदर्शीलाई अगाडि आउन र घटनाको विवरण दिन प्रहरीले अनुरोध गरेको छ । 

ताजा अपडेट

खोजी गर्नुहोस