
सर्लाही,०३ असार। सर्लाहीको बलरा नगरपालिका–९ स्थित नरहरगञ्ज बजारमा एक जना पुरुष मृत फेला परेका छन्। प्रहरीका अनुसार स्थानीय ३६ बर्षिय केदार साह सोनार आज दिउँसो बजारमै मृत फेला परेका हुन्।
प्रहरीको टोलि घटनास्थलमा खटिएको इलाका प्रहरी कार्यालय बलराले जनाएको छ। मृत फेला परेका पुरुषको शरीरमा च्यातिएको कपडा र धुलो र हिलो लागेको अवस्थामा रहेको प्रहरीले जनाएको छ।
उनको मृत्यु अत्याधिक मदिरा सेवनका कारण भएको हुन् सक्ने अनुमान लगाईएको छ। साहले लामो समयदेखि अत्यधिक मात्रामा मदिरा सेवन गर्ने गरेको स्थानीयले बताएका छन्। घटनाका सम्बन्धमा अनुसन्धान भईरहेको छ।
