यूके र लिथुआनिया पठाइदिन्छु भन्दै ठग्ने ३ जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ ४, बुधबार (८ महिना अघि)
  • २ पटक पढिएको
यूके र लिथुआनिया पठाइदिन्छु भन्दै ठग्ने ३ जना पक्राउ

काठमाडौं,०४ असार। यूके र लिथुआनिया पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–३२ बस्ने धनुषा घर भएकी २६ वर्षीया सुजनी कुमारी साह, सुनसरी धरान घर भएका ३४ वर्षीय दीपक कुमार उदास र भक्तपुर चाँगुनारायणकी २३ वर्षीया रेशिका हमाल न्यौपाने छिन् ।

पक्राउ परेकामध्ये सुजनी कुमारीले यूके पठाइदिन्छु भन्दै १ जना पीडितबाट १७ लाख ४ हजार रूपैयाँ, दिपक कुमारले यूके पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ३४ हजार रूपैयाँ र रेशिकाले लिथुआनिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख ८ हजार रूपैयाँ ठगी गरेको आरोप छ ।

पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस