सर्लाहीमा ४२ लाखभन्दा बढीको भन्सार छलीका सामानसहित ट्रक नियन्त्रणमा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ ४, बुधबार (८ महिना अघि)
  • ५ पटक पढिएको
सर्लाहीमा ४२ लाखभन्दा बढीको भन्सार छलीका सामानसहित ट्रक नियन्त्रणमा

सर्लाही,०४ असार। सर्लाही प्रहरीले ठुलो परिमाणमा भन्सार छलीका सामानसहित ट्रक नियन्त्रणमा लिएको छ । बुधबार बिहान विशेष सूचनाको आधारमा गरेको जाँचका क्रममा प्रहरीले साढे ४२ लाख भन्सार छलीका सामानसहित ट्रक नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय करमैयाको टोलीले वीरगन्जबाट इटहरीतर्फ जाँदै गरेको बा ५ ख ३६० नम्बरको ट्रक नियन्त्रणमा लिएको सर्लाही प्रहरीका निमित्त प्रहरी प्रवक्ता बालिष्टर सिंहले बताए । उनका अनुसार उक्त ट्रकका चालकसँग लोड गरिएको सामानको आवश्यक कागजात नभेटिएको र भएका कागजात शङ्कास्पद रहेकोले ट्रक नियन्त्रणमा लिइएको हो । 

भन्सार छलीका सामान भेटिएपछि थप अनुसन्धानको लागि ट्रक नियन्त्रणमा लिएर पथलैया राजश्व कार्यालयमा पठाइएको सर्लाही प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार उक्त ट्रकमा भन्सार छलीका टायर, किसमिस, छाता, कस्मेटिक्ससहितका सामानहरू रहेको थियो । 

ताजा अपडेट

खोजी गर्नुहोस