रौतहटमा करेन्ट लागेर एक महिलाको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ ४, बुधबार (८ महिना अघि)
  • २ पटक पढिएको
रौतहटमा करेन्ट लागेर एक महिलाको मृत्यु

रौतहट,०४ असोज। रौतहटको राजपुर नगरपालिका-३ डमार पोखरीयामा बुधवार दिउँसो करेन्ट लागेर एक गर्भवती महिलाको ज्यान गएको छ ।

मृतकको पहिचान ३५ वर्षीय गुल्नाज खातुनको रूपमा भएको छ । उनी सेख सपुरकी छोरी तथा मतिहुलाकी श्रीमती थिइन् । पीडित परिवारका अनुसार, बुधवार दिउँसो साढे ३ बजे गुल्नाज आफ्नै घरमा मोबाइल चार्ज गर्न जाँदा विद्युत् प्रवाहका कारण गम्भीर घाइते भइन् ।

उनलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल गौर पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । उनको शव हाल पोस्टमार्टमको लागि राखिएको छ । अस्पतालका अनुसार गुल्नाज गर्भवती थिइन् ।

गुल्नाजका बुवाले दिएको जानकारीअनुसार, उनको १५ वर्षअघि मुस्लिम परम्पराअनुसार विवाह भएको थियो । उनी तीन सन्तान (छोरा-छोरी) की आमा थिइन् । घटनाले परिवार र स्थानीय समुदायमा गहिरो शोक छाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस