रक्सौल सीमाबाट नेपाली किशोरीको उद्धार

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ ५, बिहिबार (८ महिना अघि)
  • २ पटक पढिएको
रक्सौल सीमाबाट नेपाली किशोरीको उद्धार

वीरगञ्ज,०५ असार। वीरगञ्जसँग जोडिएको सीमावर्ती भारतीय सहर रक्सौल सीमामा भारतको सीमा सुरक्षा बल (एसएसबी), जुभेनाइल एड सेन्टर र डंकन अस्पतालको न्याय नेटवर्क परियोजनाको संयुक्त अपरेसनमा एक १३ वर्षीय नेपाली किशोरीलाई मानव तस्करको चङ्गुलबाट उद्धार गरिएको छ ।

काठमाडौँकी किशोरीलाई दिल्लीमा जागिर र बिहेको झुटो प्रलोभन देखाएर भारतको पूर्वी चम्पारणका शेख रिजवानले तस्करी गर्न लागेका थिए । रक्सौल कस्टम नजिकै शङ्का लागेपछि टोलीले जाँच गर्दा घटना बाहिर आएको हो ।

अनुसन्धानमा किशोरीले स्टार मेकर एपमार्फत रिजवानसँग मित्रता भएको र पछि प्रेम सम्बन्धमा परिणत भएको खुलासा गरिन् । रिजवानले उनलाई दुई पटक काठमाडौँमा भेटेका थिए ।

मानव तस्करी रोधी इकाईले तत्काल कारबाही गर्दै किशोरीलाई सुरक्षित राखी रिजवानलाई रक्सौलको हरैया थानामा बुझाएको छ । रिजवानविरुद्ध मुद्दा दर्ता भई अनुसन्धान जारी छ  अपरेसनमा प्रहरी र सामाजिक कार्यकर्ताहरूको टोली सहभागी थियो ।

घटनाले सामाजिक सञ्जालको दुरुपयोगबाट हुने जोखिमलाई उजागर गरेको छ । युवाहरूलाई सचेत रहन र परिवारको सहयोग लिन प्रहरी र सामाजिक संस्थाहरूले आग्रह गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस