हत्या गरेको आरोपमा एक जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ ५, बिहिबार (८ महिना अघि)
  • ३ पटक पढिएको
हत्या गरेको आरोपमा एक जना पक्राउ

सर्लाही,०५ असार। सर्लाहीको गोडैता नगरपालिका–६ बगदह बस्ने ६८ वर्षीया राम दुलारी रायको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २७ वर्षीय राम अधिन राय छन् । उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । राम अधिनले गोरेटो बाटोको विषयलाई लिई राम दुलारी र उनकी बुहारीलाई मंगलबार बेलुकी कुटपिट गरेका थिए ।

सो क्रममा उनीहरू मध्ये गम्भीर घाइते भएकी राम दुलारीको जिल्ला सरकारी अस्पताल सिन्धुलीमा थप उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएको थियो ।

साथै कुटपिटबाट घाइते भएकी राम दुलारीकी बुहारीको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ । पक्राउ परेका राम अधिनमाथि कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस