
सिरहा,०५ असार। सिरहा अर्नमा गाउँपालिका-२ की २३ वर्षीया मनिषा कुमारी गामीमाथि थप दाइजोको निहुँमा भाएको घरेलु हिंसासम्बन्धी उजुरीका आधारमा प्रहरीले उनका ४८ वर्षीया सास् ललिता प्रधानलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार असार ३ गते पकाउ परेकी पधानमाथि थप अनुसन्धान भइरहेको छ। अन्य दुई आरोपित-गामीका पति २४ वर्षीय मुकेश प्रधान सुडी र ५० वर्षीय ससुरा गीरीशंकर प्रधान सुडीको खोजी भइरहेको प्रहरीले जनाएको छ।
पीडित मनिषाले दिएको उजुरी अनुसार उनी काठमाडौंमा अध्ययनरत रहदा मुकेश प्रधानसँग प्रेमसम्बन्धमा रहेकी थिइन् । घरपरिवारको सहमतिमा ०८० साल वैशाख २८ गते विवाह भएको थियो।
विवाहमा मुकेशका परिवारको मागअनुसार १० लाख नगद, मोटरसाइकल, सात तोला सुन, ४ लाख बराबरको फर्निचरलगायत सामग्री दाइजोस्वरूप दिइएको पीडितको भनाइ छ।
तर विवाहको केही महिनामै, ०८० साल भदौ ५ गतेदेखि पीडितमाथि थप दाइजोको लागि मानसिक र शारीरिक यातना दिन थालिएको आरोप छ।
सासु, ससुरा र पतिको मिलोमतोमा गालीगलौज, कुटपिट र पहिल्यै दिइएका गरगहना खोसिएको पीडितको उजुरीमा उल्लेख छ । दुव्र्व्यवहार सहन नसकेपछि पीडितले जेठ ६ गते जिल्ला प्रहरी कार्यालय सिरहामा उजुरी दिएकी थिइन् ।
पीडितका अनुसार मुरा फिर्ता लिन दबाब दिदै आरोपितले उनलाई पुनः घरमा फर्काइए पनि, ०८२ साल जेठ १ गते पुनः थप माग-६० लाख नगद, कार, २० तोला सुन र बन्दीपुरमा जग्गा खरिदका लागि रकम ल्याउन बाध्य पारिएको थियो। माग पुरा गर्न नसकेपछि पुनः कुटपिट गरी घरबाट निकालिएको गामीको आरोप छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी बिरेन्द्र कुमार पासवानले घटनाको गम्भीरताका आधारमा अनुसन्धानलाई तीव्र बनाइएको र अन्य फरार अभियुक्तको खोजी भइरहेको जानकारी दिनुभयो ।
पीडितको उजुरी अनुसार मुलुकी अपराध संहिता अन्तर्गतको घरेलु हिंसा तथा दाइजोसम्बन्धी कसुरमा मुद्दा अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
