जिल्ला प्रशासन कार्यालयबाटै सञ्चालन हुने मिटरब्याज सम्बन्धी उजुरी

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ ५, बिहिबार (८ महिना अघि)
  • १  पटक पढिएको
जिल्ला प्रशासन कार्यालयबाटै सञ्चालन हुने मिटरब्याज सम्बन्धी उजुरी

सप्तरी,०५ असार। जिल्ला प्रशासन कार्यालय, सप्तरीले अब जिल्लाभित्र हुने अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी सम्पूर्ण उजुरी, छानबिन तथा फर्छ्यौट कार्यहरू जिल्ला प्रहरी कार्यालयमार्फत नभई प्रशासन कार्यालयबाटै सञ्चालन गरिने जानकारी दिएको छ।

प्रशासन कार्यालयले बिहीबार एक सूचना प्रकाशित गर्दै अबदेखि मिटरब्याज सम्बन्धी सम्पूर्ण कार्य जिल्ला प्रशासन कार्यालयमार्फत सञ्चालन हुने जनाउँदै यस सम्बन्धी सबै कार्यमा प्रत्यक्ष सरोकारवाला तथा सेवाग्राहीहरूलाई जानकारी गराएको हो।

सूचनामा अनुसार, अब जिल्लाभित्र मिटरब्याज सम्बन्धी उजुरी, छलफल, छानबिन र निर्णय गर्ने सम्पूर्ण प्रक्रिया प्रशासन कार्यालयमार्फत सहज रूपमा सञ्चालन गरिनेछ। जिल्लावासीहरूलाई आवश्यक समन्वय तथा जानकारीका लागि कार्यालयमा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस