धनुषामा गाडीको ठक्करबाट १ जनाको मृत्यु, १ जना घाइते

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ ५, बिहिबार (८ महिना अघि)
  • ४ पटक पढिएको
धनुषामा गाडीको ठक्करबाट १ जनाको मृत्यु, १ जना घाइते

धनुषा,०५ असार। धनुषामा गाडीको ठक्करबाट एक जनाको मृत्यु छ भने अर्का एक जना घाइते भएका छन्। जिल्लाको धनुषाधाम नगरपालिका–६ मालटोलस्थित पूर्वपश्चिम लोकमार्गमा उइङ्गर गाडीले ठक्कर दिँदा साइकलमा सवार एक जनाको मृत्यु भएको हो।

प्रहरीका अनुसार बुधबार राति करिब ८ बजे पश्चिमबाट पूर्वतर्फ गइरहेको ना १ ज ७०४९ नम्बरको उइङ्गर गाडीले सडक छेउमा रोकी राखिएको ना ६ ख ३२९९ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो । उक्त ठक्करपछि गाडीले पूर्व दिशाबाट साइकलमा आउँदै गरेका दुई जनालाई समेत ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल जनकपुर पठाइएकोमा चिकित्सकले मिथिला नगरपालिका–४, पुष्पवलपुरका ६० वर्षीय बिन्दे साहलाई मृत घोषणा गरेका थिए। दुर्घटना सोही वडाका ३३ वर्षीय विमल मण्डल गम्भीर घाइते भएका छन्। उनको अहिले सोहि अस्पतालमा उपचार भईरहेको छ।

घटनापछि आक्रोशित स्थानीय करिब आधा घण्टा सडक अवरुद्ध गरेका थिए । दुर्घटनापछि उइङ्गर गाडी प्रहरी नियन्त्रणमा रहेको छ भने गाडी चालक भने फरार भएकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस