सर्लाहीको बरहथवामा गोली चल्यो, तीन जना घाइते

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ अषाढ ७, शनिबार (८ महिना अघि)
  • २ पटक पढिएको
सर्लाहीको बरहथवामा गोली चल्यो, तीन जना घाइते

सर्लाही,०७ असार। सर्लाहीको बरहथवा नगरपालिका–४ स्थित खैराटोलमा शनिबार बिहान सडक विस्तारको कामकै दौरान उत्पन्न विवादले उग्र रुप लिँदा स्थिति तनावग्रस्त बन्यो। स्थानीयवासी र सुरक्षाकर्मीबीच भएको झडपमा इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक दीवाकर गणेशसहित तीन जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त सूचना अधिकारी बालिष्टर सिंहका अनुसार स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायरसमेत गर्नुपरेको थियो। प्रहरी निरीक्षक गणेश झडप नियन्त्रण गर्ने क्रममा घाइते भएका हुन् भने बाँकी दुई जना स्थानीय आपसी झडपका क्रममा घाइते भएका छन्।

घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल लैजाने काम भइरहेको छ। यद्यपि घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी स्रोतले जनाएको छ। झडपपछि डिएसपीको नेतृत्वमा इलाका प्रहरी कार्यालय बरहथवाबाट थप सुरक्षाकर्मी र सशस्त्र प्रहरी बल खटाइएको छ।

अहिले स्थिति नियन्त्रणमा लिइएको र अवस्था क्रमशः सामान्य बन्दै गएको प्रहरीले जनाएको छ। बिहीबार सडक विस्तारकै क्रममा केही स्थानीय पुरुष र महिलाले एउटी महिलामाथि आक्रमण गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो। सोही घटनाले आक्रोशित स्थानीय समुदायबीच शनिबारको झडप चर्किएको बताइएको छ

ताजा अपडेट

खोजी गर्नुहोस